विराटनगर, जेठ १७ गते । प्रदेश १ को नाम कोशी प्रदेश प्रदेश नामाकरण भएपछि आन्दोलनमा उत्रिएका पहिचानवादीहरुले निरन्तर आन्दोलन गर्दै आएको र आन्दोलनकारी पक्षको मागलाई वेवस्ता गरेको भन्दै प्रदेश सरकारवाट जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिदै मन्त्री पदवाट समेत राजीनामा दिएका छन् ।
जनता समाजवादी पार्टी नेपालको भागवण्डामा परेको कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका मन्त्री निर्माला लिम्बुले पत्रकार सम्मेलन गरी मन्त्री पदवाट राजीनामा दिएको जानकारी गराईन । सरकारवाट समर्थन फिता लिदा पनि सरकारलाई असर नपर्ने भएता पनि पहिचानवादी पक्षधरको दवावमा जसपा पार्टीको प्रदेश कमीटीको निर्णय अनुसार आफु राजीनामा दिएको लिम्बुले वताईन ।
पहिचानवादी पक्षधरको कुरा उठाउँदा उठाउँदै पनि मलाई आरोप प्रत्यारो लगाएको चरित्र हत्याहुने गरी समाजिक संजालमा अपशव्द प्रयोग गरेको प्रति दुःख प्रकट गर्दै त्यसताहरुलाई कडा कारवाही गर्न समेत माग गरेका छन् ।
पछिल्लो समय आन्दोलनकारीको निसानमा समेत आफू परेको लिम्बुले बताइन् । गत आइतबार ‘यो निर्मला बस्ने मन्त्रालय होइन’ भनेर मेरै कार्यकक्षमा ताकेर आन्दोलनरत पहिचानवादीहरूले ढुंगामुढा गरेको उनले बताइन् ।
‘सरकारमा बसेर आफ्ना माग सम्बोधन गर्न नसकेको भन्दै पहिचान पक्षधर साथीहरूले मलाई नै तारो बनाउनुभयो,’ लिम्बुले भनिन्, ‘तर म एक्लो सांसदले केही गर्न सक्ने अवस्था थिएन । सरकारले पनि निर्मलाले सरकार छाड्दा अल्पमतमा परिँदैन भनेर कुनै चासो देखाएन ।’
शान्तिपूर्ण आन्दोलनमा सरकारले नै दमन गरेको लिम्बुको आरोप छ । प्रदेश सरकारले मंगलवार मात्रै आन्दोलनरत पक्षसँग वार्ताका लागि आह्वान गरेको थियो तर वार्ता समिति गठन गरिएको छैन ।
पहचानवादी पक्षधरको माग पुरा नभए सम्म सरकारमा नजाने प्रदेश कमीटीले निर्णय समेत गरको जसपा पार्टीका कोशी प्रदेश मुख्य सचिव दिपक आङ्खाले वताए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]