विराटनगर, जेठ १ गते । पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशले खेलकुद, पर्यटन प्रवद्र्धनको लागि विराट बर्जु हाफ म्याराथन प्रतियोगित २०८० गर्ने भएको छ ।
मन्त्रालयमा पत्रकार सम्मेलन गरी प्रदेश सचिव डा. सन्जीव कुमार राईले आउँदो ६ गते शनिवार विराट–बर्जु हाफ म्याराथन मूल नराका साथ सो प्रतियोगिता गर्ने वताएको हो ।
मोरङको विराटनगर महानगर पालिका वडा नं. १८ भेडियारी स्थित विराटराजाको दरबारदेखि सुनसरीको बर्जु गाउँपालिकाको बर्जु तालसम्म हाफ म्याराथन प्रतियोगिता हुने भएको छ ।
उक्त प्रतियोगिताका लागि धावकहरुको नाम दर्ता र संकलन गर्ने कार्य मोरङ एथलेटिक्स संघद्वारा भैरहेको र दर्ता प्रक्रिया बैशाख ४ गते सम्म हुने भएको छ ।
धावनकको नाम दर्ता गराउन कोशी प्रदेश प्रहरी कार्यालय–१ नं. वराह बाहिनी मुख्यालय, सशस्त्र प्रहरी बल नेपाल नेपाल आर्मी, पूर्वी पृतना हेड क्वाटर इटहरी व्यारेक, सुनसरी र सातै प्रदेशका एथलेटिक्स संघ, कोशी प्रदेशका चौधै जिल्लाका एथ्लेटिक्स संघ÷संस्थाहरु पत्रचार गरि सको राईले वताए ।
पुरुषतर्फ र महिलातर्फ गरी बढीमा १०० जना धावकको सहभागीता रहने भएको छ । दौड शनिवार बिहान ६ः०० बजे विराटनगर वडा नं. १८ भेडियारी स्थित विराट राजाको दरवारबाट शुरु हुने भएको छ ।
हाफ म्याराथन दौड़ प्रतियोगिता विराटराजाको दरबार संग्रहालयबाट सुरु भई विराटनगर भन्सार आइपीसी हुँदै कोशी राजमार्ग, रोडसेस, बसपार्क, जन आन्दोलन चोक, भट्टी मोड चोक हुँदै केसलिया रोड, केसलिया पुल, भीमपुर चोक हुँदै रामगञ्ज रोड, गोपी चोक हुँदै शुक्रबारे चिमडी हुँदै बर्जु तालको उत्तर गेटबाट भित्र प्रवेश गर्ने जानकारी गर्ने छ ।
पुरस्कार राशी (कर सहित) पुरुष तर्फ हाफ म्याराथन २३ किलोमिटर तर्फ प्रथम हुने धावकलाई १ लाख, दितीयलाई ७५ हजार, तृतीयलाई ५० हजार र चौथो, पाँचौ, छैठौंलाई १५÷१५ हजार नगद सहित प्रमाणपत्रले समन गर्ने भएको छ भने महिला तर्फ ५ किलो मिटरको म्याराथन प्रतियोगिताको प्रथम हुनेलाई २५ हजार, द्धितीयलाई २० हजार र तृतीय हुनेलाई १५ हजार नगर सहित प्रमाणपत्रिले समनित गर्ने भएको छ ।
कुल १० लाख बजेट रहकोमा महिला र पुरुष गरी धावकहरुलाई ३ लाख ३० हजार नगद पुरस्कार दिने भएकोछ भने ६ लाख ७० हजार खाजा, खाना, यातायात लगायतमा खर्च हुने सचिव राईले वताए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]