विराटनगर, बैशाख २१ गते । हुलाकी राजमार्गमा पर्ने क्षेत्रका संघिय र प्रदेश सांसद, नगरपालिकाका प्रमुख र गाउँपालिका अध्यक्ष लगायत जनताका जनप्रतिनीधिहरुले हुलाकी राजमार्गको काम तत्काल सुचारु गर्न एक हप्ताको अल्टीमेटम दिदै सो अवधीमा काम सुचारु नगरे सडक अवरोध गरी जनताको साथ लिएर आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
हुलाकी सडक निर्माण कार्यमा ठेकेदार र पेटी ठेकादारहरुले ढिलासुस्ती र लापरबाही गरको भन्दै जनप्रतिनिधीहरुले पत्रकार सम्मेलन गरी आन्दोलन थाल्ने चेतावनी दिएका हुन् ।
हुलाकी सडक विराटनगर महानगरपालका देखि रतुवामाई नगरपालका सम्मको निर्माण कार्यमा ढिला सुस्ती र लापार्वाहिका कारण सडक क्षेत्रमा बसोवास गर्ने आम जनता र सडकमा अगामन गर्ने जनतामा धुलोले स्वास्थ्यमा असर पार्ने र पानी परेपछि हिलोमा दुर्घटना जोखिम वढ्ने भन्दै तत्काल काम सुचारु गर्न मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलले माग गरेका छन् । उनले भने आफूहरूले पटक–पटक सम्बन्धित निकायमा पहल गर्दा पनि कुनै सुनुवाई नभएकाले बाध्य भई पत्रकार सम्मलन मार्फ एक साताको अल्टिमेट दिदै सो अवधीमा काम सुचारु नभए आन्दोलनमै उत्रन बाध्य हुने चेतावनी दिएका हुन् ।
पोखरेलले भने आफूहरूले ठेकदारहरूलाई काम गर्न नसक्ने अवस्था भए पुरानो सडक नभत्काउन आग्रह गरेको भए पनि ठेकदारहरूले बेवास्ता गरी सडक भत्काएर काम अलपत्र पारेको र तत्काल वर्षा भएमा हुलाकी राजमार्गमा हिन्न समेत नसकिन गुनासो सुनाए ।
प्रदेश सभा सदस्य भीम पराजुलीले कानुनी त्रुटिका कारण विकास आयोजनाहरूमा समस्या देखिएको बताए। पराजुलीले सार्वजनिक खरिद ऐन संशोधन गर्न र समयमा काम नगरेर लापरबाही गर्नेलाई कारबाही गर्ने व्यवस्था गर्न माग गरेका थिए ।
रंगेली नगरपालिकाका प्रमुख दिलीप वगडीयाले हुलाकी सडक तत्काल निर्माण सुरु नभए स्थानीय तहका जनप्रतिनिधि सहित स्थानीय बासिन्दाको साथ लिएर डाईनियाँ, रंगेली, कर्सिया र कटहरीको सडक अवरुद्ध गरी सामूहिक रुपमा आन्दोलनमा उत्रने चेतावनी दिए ।
‘अहिले धुलोले हैरान पारेको छ’ बर्खालागेपछि हिलोले सवारीसाधन नै चल्न नसक्ने अवस्था छ ।’ मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद योगेन्द्र मण्डलले ठेकदार र कर्मचारीलाई भैँसीको उदाहरण दिँदै विन बजाएर भैँसीले नटेर्ने भैसीलाई ‘लाठी नै चलाउनुपर्छ वहांको भनाई छ ।’
धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछ गच्छदारले हुलाकी सडकको धनपालथान खण्डको हालत सवभन्दा खराव अवस्थामा रहको छ वाटो खनेर छाड्दा दिनहूँ सवारी दुर्घटना भईरको अवस्था छ वर्षात भएमा हिन्न सक्ने अवस्था रहँदैन जसका कारण स्थानीयले अहिले धुलोको कारण स्वास्थ्यमा अनेकन समस्याहरु देखिएका छन् । बर्खालागेपछि हिलोको दलदलले वाटो नै अवरोध हुने वताए ।
कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले हुलाकी सडकको दुरावस्था हुनुको कारण ठेकदार मात्रै नभई सार्वजनिक खरिद ऐन र कर्मचारीहरू समेत भएको वताउँदै ‘हुलाकी सडक निर्माणमा ठेकदार मात्रै हैन कर्मचारीहरू अझै बढी गैर जिम्मेवार रहेका छन् । चौधरीले भने‘ कर्मचारीहरू त जनप्रतिनिधिको फोनसमेत उठाउँदैनन् भनी गुनासो गरे ।’
ठेकदारहरूले सडक निर्माणमा लापरबाही गर्दा विराटनगर– रतुवामाई खण्डको सडकमा यात्रा गर्न नसकिने अवस्था आएको छ । यति मात्रै हैन अत्यधिक धुलोका कारण सडक आसपासका बस्तीहरू नै उठीबास लाग्ने अवस्थामा पुगेको छ । विराटनगर देखि करीव १८ किलोमिट ‘सडकमा हिँड्न सक्ने र घरमा बस्न सक्ने अवस्था छैन ।’
हुलाकी सडक खण्डमा पर्ने विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका, जहदा गाउँपालिका, धनपालथान गाउँपालिका, रंगेली नगरपालिका, सुनवर्सी नगरपालिका र रतुवामाई नगरपालिका रहेको छ ।
पत्रकार सम्मेलनमा मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेल, क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डल, प्रदेश सांसद गणेश उप्रेती, लिलाबल्लभ अधिकारी, जयप्रकाश चौधरी, भीम पराजुली, गयानन्द मण्डल, सुनवर्षीका प्रमुख श्याम राजवंशी, रंगेली नगरपालिका प्रमुख दिलिप बगडिया, धनपालथान गाउँपालिका अध्यक्ष जिवछ कुमार गच्छदार र कटहरीका अध्यक्ष देवराज चौधरी र जहदा गाउँपालिका अध्यक्ष जितेन्द्र प्रसाद साह समेतको सहभागीता थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]