विराटनगर, बैशाख १९ गते । आत्म हत्या गर्न दुरुत्साहन रको मुद्दामा संलग्न रहको दुईजनालाई प्रहरीले पक्राउ गरका छन ।
घटनाको विवरण अनुसार जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ३ बस्ने गोविन्द प्रसाद नेपालल बैशाख १४ गते विहीवार जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ४ तित्रिगाछी भन्ने स्थानमा आफ्नै शरीरमा प्रज्वलनशिल पदार्थ खन्याई आगो लगाई आत्महत्या गर्न प्रयास गरेको थियो । तत्काल उपचारको लागि विराटनगर स्थित रेडप्लस अस्पताल लगिएकोमा १५ गते शुक्रवार मृत्यु भएको थियो ।
ज्यान सम्बन्धी मुद्दामा १६ गते शनिवार जिल्ला प्रहरी कार्यालय मोरंगमा आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दाको जाहेरी परेको हुँदा उक्त घटना पश्चा्त फरार रहेका प्रतिवादीहरू जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ४ बस्ने वर्ष ५५ को प्रगती भन्ने गति पोखरेल र वर्ष ३६ की सविना पोखरेललाई जिल्ला झापा कमल गाउँपालिका वडा नं. ४ बाट १८ गते सोमवार पक्राउ गरिएको थियो ।
दुवैजनालाई सम्मानित मोरङ जिल्ला अदालतबाट आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा दिन ५ (पाँच) म्याद थप गरी अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]