विराटनगर । जिल्ला सुनसरी दुहवी नगरपालिका वडा नं.–४ घर भई हाल जिल्ला भक्तपुर, सुर्यविनायक बस्ने बर्ष २० की किशोरीलाई ललाई फकाई जवरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरको छ ।
पक्राउ पर्नेमा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.–६ बस्ने बर्ष ३० को रिजवान अन्सारीरहेको छ । अन्सारीले २०७४ असार महिना देखि २०७९ फगुन १८ गतेसम्म प्रलोभन, डर, त्रास, धम्की दिई विभिन्न अििश्लल फोटोहरू खिचेको, विराटनगर र काठमाण्डौका विभिन्न स्थानमा लगी उक्त फोटोहरू सार्वजनिक गर्ने डर देखाई जवरजस्तीकरणी गरेको, जवरजस्ती करणीका अश्लिल भिडियो बनाएको, पिडितको फोटो राखी फेक प्रोफाईल बनाई पिडितका अश्लिसल फोटोहरु सार्वजनिक गरेको, पिडितका आफन्त तथा साथी भाईहरुलाई अश्लिल फोटोहरु पठाई चरित्र हत्या गरेको, पिडितलाई दुई पटक गर्भपतन गराएको आरोप लागेको छ ।
अन्सारीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले १६ गते शनिवार पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट जवरजस्ती करणी, गर्भ संरक्षण सम्बन्धी कसूर, विद्युतिय कारोबार ऐन, २०६३ अन्तर्गत दिन ५ (पाँच)म्याद थप गरी अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]