विराटनगर, बैशाख १२ गते । सहमती बचत तथा ऋण सहकारी संस्था लिमिटेड विराटनगर –८ प्रगती विनायक टोलले आफ्नो सदस्यहरुलाई बैशाख ११ गते सोमवार अध्ययन अवलोकन भ्रमण गराएका छन् ।
सहकारी संस्था भएकै स्थानवाटै बसमा सवार भई भ्रमणको लागि प्रस्थान भई शिवशताक्षी नगरपालिका वडा नं. ११ मा रहेको शताक्षी धाम, झापा जिल्लाकै अर्जनधारा नगरपालिका वडा नं. ७ मा रहेको प्रमुख स्थान अर्जुधारा जलेश्वर धाम, अर्जुन धारा नगरपालका वडा नं. ९ मा रहको शहीद स्मृति उद्यान, मेची नगर, चार आली झापामा रहको पाउ पाथीभारा उत्तरगंगा मन्दिर र माईखोला (खोमुखा) को अवलोकन गरिएको थियो ।


शताक्षी धाममा शताक्षी भगवती, रघुनाथ मन्दिर, बराह भगवान, शताक्षी माता मन्दिर, संकट मोचन वीर हनुमान मन्दिर, शताक्षी गौशालाको अवलोकन गरएको थियो । त्यसपछि अर्जुधारा जलेश्वर धाममा शिव मन्दिर अर्जन धारा पोखरी, १०८ शिवलिंग, शिवजी भगवान, गौ माता लगातको दर्शन गरी पुजापाठ गरिएको थियो ।
त्यसैगरी अर्जुन धारा नगरपालका वडा नं. ९ मा रहको शहीद स्मृति उद्यान जहाँ पञ्चायत शाशकद्धारा झापावाट इलाम स्थित जेल सार्ने बहानामा २०२९ फागुन २१ गते झापा र इलामको सीमा क्षेत्रमा अवस्थित सुखानी जंगलमा लगी शहीद रामनाथ दहाल, नेत्र घिमिरे, विरेनसिंह राजवंशी, कृष्ण कुइकेल, नारायण श्रेष्ठ हत्या गरिएको थियो । सो उद्यानमा कछुवा संरक्षण, सर्प संरक्षण, झुलुङ्गे पुल, पार्क लगायतका अवलोक तथा मनोञ्जन गएिको थियो ।


उक्त भ्रमणकै क्रमा मेची नगर, चार आली झापामा रहको पाउ पाथीभारा उत्तरगंगा मन्दिरको दर्शन ग¥यो । जहां माताको पाँचवाटा खुट्टको औलाहरुको पुजापाठ लगात साक्षात बंजरंवलीको दर्शन लगायत अन्य देवी देवताहरुको दर्शन गर्दै अन्तमा माईखोला दोमुखाको सफलता भ्रमण गएिको थियो ।
उक्त भ्रमणको व्यवस्थापन संस्थाका उपाध्यक्ष गंगा प्रसाद कोइराला, सचीव कृष्ण भट्टराई, कोषध्यक्ष श्याम सुन्दर सुतिहार र प्रबन्ध निर्देशक रामचन्द्र खतिवडा  लगायतले गरेका थिए । सो भ्रमण सहमती बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजेन्द्र कुमार थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]