विराटनगर, बैशाख ६ गते । कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले कोशी प्रदेशका १४ वटा जिल्लाका २९ जनालाई उत्कृष्ट महिला उद्यमी प्रोत्साहन सम्मान प्रदान गरको छ ।
उत्कृष्ट महिला उद्यमी प्रोत्साहन सम्मान कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले तीनजना महिला उद्यमीहरुलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेको थियो । अन्य २६ जना महिलाहरुलाई कार्यक्रमका अध्यक्ष एवं सामाजक विकास मन्त्री बुद्धीकुमार राजभण्डारीले सम्मानित गरको थियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथीले भने सामाजिक विकास मन्त्रालयले प्रदान गरेको सम्मान समाजको सम्मान, प्रदेश सरकारको सम्मान भएको वताउँदै महिला उद्योगीहरुले संचालन गरको उद्योगलाई प्रवद्र्धन गर्न के कस्तो सहयोग गर्नु पर्छ सुझाव आओस त्यसमा प्रदेश सरकार सहयोग गर्न तयार रहेको वताए ।
त्यसै गरी सामाजिक विकास मन्त्री बुद्धकुमार राजभण्डारीले भने विदेशवाट खाली हात आएका उद्योगीहरुले अहिले नेपाल भरी उद्याग संचालन गरी अर्वपति भएका छन् । तर हाम्रो समाजमा भएका उद्योगहरु रुघ्न अवस्थामा रहको छ । त्यसैले यो सम्मान तपाईहरुको हौसला वढाउन र तपाई महिलाहरुले संचालन गरका उद्योगलाई प्रवद्र्धन गर्न अमm मन्त्रालय सहयोग गर्न तयार रहेको वताए ।
उक्त सम्मान ११ जिल्लाका २÷२ जना, २ वटा जिल्लाका ३÷३ जना र झापा जिल्लावाट १ जना महिला उद्यमीहरु सम्मानित भएका थिए । सम्मानित हूनेहरुलाई नगद ५० हजार समेत प्रदान गरिएको थियो ।
सम्मानित हुने महिला उद्यमीहरुको नामावली ः
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]