विराटनगर, बैशाख ५ गते । सुनसरी जिल्लाको बर्जु गाउँपालिका–५ सितागञ्जमा रहेको एभरेष्ट साइन्स सेन्टर अर्थात शान्तिवनमा बैशाख ६ गते बुधवार देखि ९ गते शनिवार सम्म शान्तिवन एक्स्पो अर्थात विज्ञान, कृषि तथा औद्योगिक प्रदर्शनि मेलाको सम्पुर्ण तयारी पुरा भएको छ ।
उक्त कुरा आयोजकले शान्तिवनमा पत्रकार सम्मेलन गरी विज्ञान, कृषि तथा औद्योगिक मेला अर्थात शान्तिवन एक्स्पोका संयोजक टेकेन्द्र श्रेष्ठले जानकारी गराए ।
नेपालकै इतिहासमा पहिलो पटक सातवटै प्रदेश अर्थात ७७ वटै जिल्लाको सहभागीतामा विज्ञान शिक्षक समाज नेपाल र एभरेष्ट साइन्स सेन्टर नेपालको संयुक्त आयोजनामा हुने प्रदर्शनी मेलामा १५० वटा प्रदर्शनी स्टलहरु रहने सेन्टरका निर्देशक डा. दिलीप अधिकारीले वताए ।
विज्ञान, कृषि तथा औद्योगिक मेला अर्थात शान्तिवन एक्स्पोमा प्रतियोगितात्म विज्ञान प्रदर्शनी, निःशुल्क योग शिविर, निःशुल्क स्वास्थ्य शिविर, कन्फ्रेन्समा अन्तराष्ट्रिय र राष्टिङय वैज्ञानिकहरुको प्रस्तुती, प्रत्येक दिन साँझमा साँस्कृतिक कार्यक्रम, ग्रहहरु तथा ताराहरुको दुरवीन द्धारा अवलोकन र खानाका विभिन्न परिकारहर मेला उपलब्ध हुने छ ।
एभरेष्ट साइन्स सेन्टर अध्ययन अवलोकनसँगै पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण छ । शान्ति वनमा अध्ययन गर्ने विद्यार्थीदेखि देशभरका विभिन्न जिल्लाबाट पर्यटक समेत आउने गरेका छन् । उक्त मेलाले आन्तरीक तथा बाह्य पर्यटन प्रबद्धर्नका लागी सुनसरीको एभरेष्ट साईन्स सेन्टर तथा पिक्नीक स्पोर्टसलाई थप विकसीत गर्न प्रभावकारी हुने आयोजकले वताए ।
करिब २२ वर्षअघि निजी क्षेत्रको लगानीमा एभरेष्ट साइन्स सेन्टर स्थापना भएको थियो । २५ बिगा क्षेत्रफलमा रहेको यो सेन्टरको प्रवेशद्धारले नै आकर्षित गरेको छ । विज्ञान भवनमा फिजिक्स, सरल विज्ञान, अपटिक्स, बायोलोजी सम्बन्धी कक्षहरु तल्लो तलामा छन् भने माथिल्लो तलामा डाइनोसरको अवशेष, अन्तरिक्षमा पुगेको नेपालको झण्डा, चन्द्रमाको चट्टानको नमुना समेत छ ।
एभरेष्ट साइन्स सेन्टर स्थापना काल देखि विभिन्न गतिविधीहरु द्रतगति भईरहेका थियो । द्धन्द्धकाल र कोरोना कालले गर्दा सेन्टरको गतिविधीमा केही शिथीलता आएको महशुस गरी पुन पुरानै साख फर्काउन विज्ञान, कृषि तथा औद्योगिक मेला अर्थात शान्तिवन एक्स्पोका कोषेढुगा सावित हुने आयोजकले विश्वास लिएको छ ।
७७ जिल्लावाट करीव १ हजार विद्याथीहरुको सहभागीता रहनेछ । मेलामा प्रवेश शुल्क वाटत १ सय रुपिया लिने भएको छ । १ सय रुपियाको टिकट काटी मेलामा प्रवेश गरेपछि साईन्स सम्वन्धी गतिविधी र औद्योगिक कृषि प्रदर्शनी मेलाको प्रत्यक्ष आवलोक गर्न पाईन्छ । साथै मेलामा विविन्न प्रकारको खानाको समेत स्वाद लिन पाउने छन् ।
घुम्न, विज्ञान सम्बन्धी जानकारी लिन अनि प्राकृतिक रमाइलोमा रमाउनका लागि शिक्षक र विद्यार्थीहरुको लागि उपलब्धी मुलक भएकोले मेलामा सपरिवार सहभागी हुन आयोजकले हार्दिक अपिल समेत गरका छन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]