विराटनगर, अखिल नेपाल पिछडावर्ग (ओविसी) महासंघको प्रथम केन्द्रिय महाधिवेशन भव्यतको साथ सम्पन्न भएको छ ।
मधेश प्रदेशको विरंगजमा भएको प्रथम केन्द्रिय महाधिवेशनको समुद्घाटन प्रमुख अतिथी समृद्ध नेपाल सुखी नेपालीको सिद्धान्तकार पार्टी अध्यक्ष एवं पुर्व प्रधानमन्त्री कमरेड केपी शर्मा ओलीले गर्नु भएको थियो ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथीले भने अखिल नेपाल पिछडावर्गमा रहेका जातजातीहरुको शैक्षिक, राजनीतिक, सांस्कृतीक उत्थानका लागि एमाले पार्टी लागी पर्ने प्रतिवद्धता जनाउँदै अधिवेशनको पुर्ण सफलताको कामना गरका थिए ।
चैत २१ र २२ गते भएको अखिल नेपाल पिछडा वर्ग (ओबिसी) महासंघको अधिवेशनवाट सर्वसम्मत रुपमा ा पुन ः अध्यक्षमा तेजप्रकाश निषाद निर्वाचित भएका छन । बुधबार राती वीरगंजको टाउनहलमा सम्पन्न बन्द सत्रले पर्सा जिल्ला निवासी निषादकै अध्यक्षतामा ३५ सदसिय नयाँ कार्य समिती चयन गरेको छ ।
त्यसैगरी समितीको उपाध्यक्षमा अकलेश साह (पर्सा), बिनोद चौधरी कुर्मी (लुम्बनी) बालेश्वर कामत (मोरङ्ग) महासचिव जयप्रकाश महतो (मोरङ्ग) उपमहासचिव धनराज गुप्ता (बारा) सचिव चन्द्रप्रकाश यादव (धनुषा), पुनम साह (सुनसरी) अशोक कुमार यादव (सप्तरी) कोषाध्यक्ष लिला कुशवाहा (बारा) रहेका छन् ।
सदस्यहरुमा राधेश्याम सहनी (रौतहट), बलिराम सहनी (रौतहट), राजेश सहनी, राजन साह कानु, संदिप महतो, गिता रानी महतो, किरण देवी गुप्ता, प्रदिप महतो, रामबाबु चौरसिया, राजेश सिंह कुर्मी, बिनिता ठाकुर, सुनिल यादव, ककुल्ती कुमारी साह, प्रेम किसोर महतो, सुरेश यादव, निर्जला देवी, प्रतिभा साह, बिष्णुकान्त महतो, रामबिलास राय, संतोषी साह, डिलकुमारी मुखिया, राजराम साह रहेको महासचिव जय प्रकाश महतोले जानकारी गराए ।
बन्द सत्रमा अध्यक्ष मण्डलका सदस्यहरु राजकुमार गुप्ता, अरबिन्द सिंह, रचना खडका र जिल्ला सदस्य शिवजि गुप्ता लगायत निवार्चन कमिटीका बिजय सुब्वा र लेखा आयोगका पुष्प कंडेलके सक्रिय सहभागिता रहेको थियो ।
महाधिवेशनमा पार्टीको केन्द्रीय सचिव एवं पुर्व उपप्रधानमन्त्री मन्त्री एवं माननीय संघ सांसद कमरेड रधुविर महासेठ, जनसंगठन समन्वय संयन्त्रको संयोजक, स्थायी कमिटी सदस्य एवं पुर्व मन्त्री कमरेड भानुभक्त ढकाल, केन्द्रीय सदस्य एवं सह संयोजक कमरेड रचना खड्का, लेखा आयोगको अध्यक्ष डा. कमरेड पुष्प कडेल, लगायत सहभागीताले महाधिवेशनलाई सहज र सरल बनाई दिनु भएकोमा महासचिव जय प्रकाश महतोले हार्दिक धन्यवाद तथा अभार समेत व्यक्त गरेको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: crimeopration@gmail.com