विराटनगर, चैत १७ गते । नागरिक संघर्ष समिति कटहरी लगायत नेपाली कांग्रेस, एमाले, जसपा, नेकपा माओवादी केन्द्र कटहरी लगायतले हुलाकी राजमार्ग निर्माण गर्ने पक्षलाई तत्काल पक्राउ गरी कारवाही गर्न र हुलाकी सडक सुचारु गर्न ज्ञापनपत्र मार्फत माग गरेका छन् ।
मोरंगका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै सो माग गरको हुन् । सो ज्ञापनपत्र मार्फत कटहरी गाउँपालिकाको जुड़ी खोला देखि सिंघिया खोला सम्मको भागमा हुलाकी सडक को निमार्ण कार्य तिन वर्ष देखि लगातार ठप्प रहेको ले र सो भागमा कटहरी गाउँपालिकाको पहलमा नै बजार एरिया लगायत उक्त भागमा पर्ने घर टहरा भत्काउन लगाई बजार क्षेत्र नै कुरुप बनाएको अवस्था बाट कटहरीका बासिंदा पिडित भएको उल्लेख छ ।
त्यसैगरी हुलाकी राजमार्ग वरि परि बस्ने उक्त भागका नेपाली जनता विगत तिन बर्ष देखि सडक को धुलो खाएर विरामी भइरहेको ले हाम्रो स्वास्थयमा गम्भीर असर पर्ने भएको हुदाँ सो को जिम्मेवारी कसले लिने ? यसरी सडक भत्काएर पुल कल्भट समेत अलपत्र पारेर यो खण्डमा भइरहेको सडक दुर्घटनामा परि नेपाली जनताको ज्यान गरिरहेको छ त्यसको जिम्मेवारी कसले लिने ? वर्षो देखि कटहरी खण्ड तोडफोड गरी अलपत्र छोडेकोले र पुरानो नाला समेत भत्तकाएकोले गाउँको पानि निकासको लागि नायाँ नाला अझ निमार्ण नभई सकेकोले बर्षा याममा कठहरी – १,२,३ र ४ वडा डुवान भइरहेकोले यसको उत्तरदाइत्व कसले वहन गर्ने ? जस्ता महत्तवपुर्ण सवालहरु ज्ञापनपत्रमा उठाएका छन् ।
यथासिघ्र हुलाकी सडकको काम द्रुत गतिमा सुरु भएन भने बाध्य भएर उक्त खण्डको सडकमा ढाट लगाएर कटहरीका जनता न्याय खोजन वाध्य हुने छ । समयमै समस्या समाधान भएन भने कटहरीका आम जनताहरु बाध्य भएर हुलाकी राजमार्ग कटहरी खण्ड बन्द गर्ने सार्वजनिक नागरिक संघर्ष समितका संयोजक मृत्युञ्जय कुमार झा लगायत द्धारा हस्ताक्षरीत ज्ञापनपत्रमा उल्लेख छन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]