विराटनगर, चैत ६ गते । नेपाली फुटबल प्रतियोगिताहरू मध्येको सर्वाधिक ठुलो र चर्चित फुटबल प्रतियोगिता विराट गोल्डकप प्रतियोगित चैत ९ गतेदेखि १७ गतेसम्म शहीद रंगशाला विराटनगरमा आयोजना हुने भएको छ ।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउन गरिएको पत्रकार सम्मेलनमा सो कुरा जानकारी गराएका हुन् । विराट गोल्डकप प्रतियोगितलाई अखिल नेपाल फुटबल संघ एन्फाले क्यालेन्डरमै समावेश गरेको जानकारी गराएका हुन् । २०१८ सालदेखि महेन्द्र गोल्डकपको नाममा सञ्चालन हुँदै आएको फुटबल प्रतियोगिता २०५७ सालदेखि विराट गोल्डकपको रूप परिवर्तन भएको थियो । अहिले हुन लागेको विराट गोल्डकप प्रतियोगिता छैठो संस्करणको हो ।
शहीद रंगशालामा रात्रिकालिन प्रतियोगिताका लागि मैदान मर्मत गर्ने काम सकिएको छ भने प्यारापिट लगाएतका कामहरु पनि पूरा भइसकेका छन् । ९ दिनमा समापन हुने प्रतियोगितामा ८ टिमले नकआउट प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा नेपालका ए डिभिजन क्लबसहित भारतीय २ वटा क्लवहरुले पनि प्रतिस्पर्धा गर्ने भएको छ ।
नेपालका तीन विभागीय क्लब एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिसका साथै, संकटा, जवालाखेल र घरेलु टोलीको रुपमा विराटनगर सिटी फुटबल क्लब रहने छन् । भारतमा जारी आई लिगको दोस्रो डिभिजन खेलिरहेको दिल्ली एफसी र केरलामा रहेको लुका सकर क्लब आउने पक्का भइसकेको थियो ।
साथै प्रतियोगिताका लागि एन्फाको प्राविधिक सहयोग रहेको नेपाली घरेलु फुटबल प्रतियोगिताको इतिहासमा काठमाडौं बाहिर विराटनगरको शहीद रंगशालामा रात्रीकालिन समयमा प्रतियोगिता आयोजना गरिएको थियो ।
विराटनगर अलि अशान्त जस्तो देखिएकाले दिल्ली एफसीले सुरक्षाको कारण देखाउदै प्रतियोगिताबाट नाम फिर्ता लिएको छ । दिल्ली एफसीले सुरक्षाको मात्रै कारण देखाएको र अर्को संस्करणमा सहभागी हुने प्रतिवद्धता जनाएको छ । लुका सकर भने आउने निश्चित छ । दिल्ली एफसीको ठाउँमा डुक लयुल फुटबल क्लब भुटान ले सहभागिता जनाउने छ ।
विराट गोल्डकपको विजेताले २० लाख १५ हजार प्राप्त गर्ने छन भने उप विजेता हुने टिमले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छ । गत संस्करणको विजेता एपीएफले १५ लाख १५ हजार र उपविजेता पञ्जाव पुलिसले ७ लाख ५१ हजार प्राप्त गरेका थिए ।
त्यसैगरी विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई नगद २५ हजार रुपैया, हरेक दिनको प्लेयर अफ दी म्याचलाई नगद ११ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने छन् । प्रतियोगितालाई भव्य र सभ्यका साथै व्यवस्थित गर्नका लागि टिकेटिङ पार्टनरको रुपमा ’खल्ती एप’ सँग साझेदारी गरेको आयोजकले वताए ।
क्वाटरफाइनलसम्मको खेलका लागि हामीले रु २०० टिकट दर कायम गरेको छ भने सेमिफाइनल र फाइनल गरी ३ वटा खेलको लागि खल्ति एपबाट किन्दा रु ४०० र रंगशालाकै स्टलमा आएर किन्दा रु ५०० दर निर्धारण गरेको छ ।
प्रतियोगिता आयोजना गर्दा कम्तिमा २ करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान आयोजकको रहेको छ भने राष्ट्रिय खेलकुद परिषद् प्रदेश सरकारका साथै विराटनगर महानगरपालिका र नीजि क्षेत्रबाट सहयोगको हुने अपेक्षा आयोजक विराट गोल्डकप ट्रस्टले गरको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]