विराटनगर, चैत १ गते । नेपाल र भारतका नवोदित र वरिष्ठ साहित्यकारको सम्मेलन अर्थात चौचो संस्करणको नेपाल भारत साहित्य महोत्सव विराटनगरको रामजानकी मन्दिरमा हुने भएको छ ।
नेपाल भारत साहित्य महोत्सव बारे जानकारी दिने उदेश्यले गरको पत्रकार सम्मेलनमा वरिष्ठ साहित्यकार दधिराज सुवेदीले सो कुराको जानकारी गराएका हुन् । उक्त तीन दिवसीय महोत्सव मार्च १७, १८ र १९ अर्थात चैत ३, ४ र ५ गते हुने भएको वताए ।
नेपाल–भारत साहित्य महोत्सवमा नेपाल र भारतका सबै प्रदेशबाट नवोदित र वरिष्ठ लगभग ३०० साहित्यकारको उपस्थिति रहने छ । नेपाल र भारतको सामूहिक प्रयासले चतुर्थ संस्करणलाई सफल पार्दै दुबै देशको साहित्यिक इतिहासलाई उज्जवल बनाउनु पर्ने र कार्यक्रमको प्रमुख उद्देश्य नेपाल–भारतको सम्बन्धलाई ऐतिहासिक बनाउने रहनुका साथै दुबै देश बीच रहेको साहित्यिक, सामाजिक, आर्थिक, सांस्कृतिक सम्बन्धलाई यस कार्यक्रमले टेवा पुयाउने छ र साहित्यको सेतु निर्माण हुने कुरा नेपाल–भारत साहित्यिक महोत्सव संयोजक डा. विजय पण्डितले वताए ।
महाभारतकालीन ऐतिहासिक शहर विराटनगरको इतिहासलाई दुनियाको अगाडि सार्वजनिक गर्नु महोत्सवको उद्देश्य रहेको छ । साथै यसले रामायण र बुद्ध सर्किटलाई महाभारत सर्किटसँग जोड्ने आयोजकले विश्वास लिएका छन् ।
ऐतिहासिक साहित्यिक कार्यक्रम क्रान्तिधरा साहित्य अकादमी, मेरठ, भारत र विराटनगर महानगरपालिकाको संयुक्त तत्त्वाधानमा सम्पन्न हुनेछ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]