विराटनगर, फागुन २५ गते । ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मोरंग व्यापार संघका महिला उद्यम समितिले पतंजलि योग महानगर समिति, विराटनगरको सहकार्यमा योग प्रशिक्षण सम्पन्न गरेका छन् ।
अन्तर्राष्ट्रिय योग प्रशिक्षक एवं योगापीस संस्थान, जयपुर, भारतका संस्थापक योगाचार्य ढाकाराम सापकोटाबाट योग प्रशिक्षण गराउने उद्देश्यले संघको महिला उद्यम समितिकी संयोजक श्रीमती बन्दना जैनले विशेष गरी उद्योगी÷व्यवसायीहरुलाई लक्षित गरी योग प्रशिक्षण कार्यक्रम संचालन गरेका थिए ।
पतंजलि योग महानगर समितिका महासचिव राजुचन्द्र दाहालले कार्यक्रम बारे प्रकाश पार्नु भएको थियो । दैनिक जीवनलाई सन्तुलित राख्न आवश्यक योगहरुको प्रशिक्षण सापकोटाले दिएका थिए ।
प्रशिक्षण कार्यक्रममा सहभागीहरुलाई संघको महिला उद्यम समितिकी संयोजक श्रीमती बन्दना जैनले स्वागत गरेको थियो भने सचिव श्रीमति साधना झाले कार्यक्रम संचालन गरेका थिए ।
सो प्रशिक्षणमा संघका सचिव श्री संजय श्रेष्ठ सहित कार्यसमिति सदस्यहरु, महिला उद्यमीहरु, उद्योगी÷व्यवसायीहरु, समाजसेवीहरु, सञ्चारकर्मीहरु लगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको सभापतित्व संघका वरिष्ठ उपाध्यक्ष अनुपम राठीको संयोजकत्वमा सम्पन्न भएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]