विराटनगर, फागुन १५ गते । विराटनगर वडा नं. ८ ले स्थानीय गीता मन्दिर हाटखोलामा आयोजना गरिएको एकिकृत स्वास्थ्य शिविरबाट २ सय जना लाभान्वित भएका छन ।
उक्त कार्यक्रममा सहभागी भएकी विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले भने महानगरवासीको स्वास्थ्यलाई प्राथमिकता दिएर काम शुरु गरिएको भन्दै महानगरवासीले आफ्नो स्वास्थ्य परीक्षण आफ्नै वडामा गर्ने गरि प्रवन्ध गरिए अनुसार एकिकृत रुपमा स्वास्थ्य शिविरको आयोजना गरिएको बताउनु भयो । स्वास्थ्य सम्वन्धी परिक्षण एकै स्थानमा हुँदा सेवाग्राहीलाई सहज हुने वहाँकाे भनाई थियोे ।
विराटनगर महानगरपालिका वडा नं. ८ को व्यवस्थापनमा भएको स्वास्थ्य शिविरमा छाला रोग विशेषज्ञ डा. ज्योति कार्की, बाल रोग विशेषज्ञ डा. शिशिर झा, फिजिसियन डा. रवि रौनियार र सुलोचना न्यौपाने, हड्डी रोग विशेषज्ञ डा. गौरव नेपाल, रेडियोलोजिष्ट डा. मधुर भगत, गाइनो डा. रमेशकुमार यादव लगायतले स्वास्थ्य परिक्षण गरेका थिए ।
एकिकृत स्वास्थ्य शिविरमा कोशी अस्पताल, नोवेल मेडिकल कलेज, विराट मेडिकल कलेजबाट विशेषज्ञको टिम आएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिदै वडा कार्यालयले जेष्ठ नागरिकको मधुमेह र रक्तचापको मासिक रुपमा स्वास्थ्य परिक्षण हुदै आएको र घर–घरमा पुगेर मधुमेह र रक्तचापको परिक्षण पनि शुरु गरिएको कार्यक्रम छ । नियमित रुपमा शुरु गरेको स्वास्थ्य परिक्षण प्रभावकारी हुँदै गएको वताए ।
उक्त कार्यक्रममा विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलि लगायतको सहभागिता रहेको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]