विराटनगर, फागुन १४ गते ।आरोहण–गुरुकुल विराटनगरबाट गुरुकुलका दश विद्यार्थी दिक्षित हुनुका साथै ‘साढे’ नाटक मञ्चन भएको छ ।
आरोहन गुरुकुलले २०७६ सालमा अभिनय, संगीत, दृश्य कलासँगै रङ्गमञ्चका आधारभूत तत्वहरु, निर्देशन, रङ्गमञ्च र राजनीति, कचहरी नाटक लगायतबारे प्रशिक्षण शुरु गरेका थिए ।
नेपाली रङ्गमञ्चको अग्रणी संस्था आरोहण–गुरुकुलले सञ्चालन गरेको २ वर्ष अवधिको आवासीय रङ्गमञ्चीय कला कार्यक्रममा सहभागी भएका विद्यार्थीलाई सुशीला कोइराला नाटकघरमा एक समारोहकाबीच दिक्षित भएको प्रमाणपत्र अध्यक्ष भैरव क्षेत्री र सुमन पोखरेलले प्रदान गरिएको हो ।
नेपाली रंगमञ्चलाई व्यवसायिक बनाउने र गुरुकुल परम्परा अनुसार नाट्य अध्यापन गराउने कार्य गराउँदै आएको छ ।
प्रशिक्षण लिई विद्यार्थीहरुले विभिन्न १० वटा नाटक, ७ वटा नाट्य कार्यशाला, २ वटा राष्ट्रिय तथा १ वटा अन्तर्राष्ट्रिय र २ वटा विद्यालय नाटक महोत्सवमा विभिन्न जिम्मेवारी लिएर काम गरेका र अनेकौ सडक नाटक गरी सकेका विद्यार्थीहरु दिक्षित भएका हुन् ।
दिक्षित हुनेहरुमा भरत कार्की, विकास पराजुली, देवेन्द्र यादव, अशोक गौतम, रविन चिमरिया, सागर विश्वास, समिक्षा दाहाल, प्रदिप दाहाल, अजय सुवेदी र राजेश ठाकुर रहेका छन् ।
४ दशक बढी समयदेखि दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सव, सयौँ नाटक मञ्चन गरेको आरोहणले काठमाडौं र विराटनगर शाखा मार्फत आवासीय कक्षा सञ्चालन गरी ५ दर्जन भन्दा वढी विद्यार्थीहरुलाई रंगकर्मी सम्वन्धी प्रशिक्षण दिई सकेका छन् ।
त्यसैगरी गुरुकुलले आजदेखि ‘साँढे’ मञ्चन शुरु गरेकोे छ । नाटकघरमा फागुन १९ गतेसम्म दैनिक साँझ ५ः३० बजे नाटक मञ्चन गर्न लागिएको अध्यक्ष भैरव क्षेत्रीले बताए ।
साहित्यकार भिमनिधि तिवारीद्धारा लिखित उक्त नाटकको निर्देशन अशोक गौतमले गरेका हुन् । नाटकमा राजाको प्रिय साँढे मर्दा प्रजामा फैलिएको त्रास र बाँच्न लगाएको जुक्तिको कथा छ ।
दुई सय वर्षअघिको हाम्रो समाजको मनोविज्ञान बोल्दै गर्दा उक्त नाटकले विद्रोहको झल्को पनि दिन्छ । कक्षा १२ को अनिवार्य अंग्रेजीको विषयसूचीमा समावेश उक्त नाटकमा दिक्षित भएका विद्यार्थीहरु लगायत दिक्षा चौधरी, अमन धमला, सुगल अधिकारी, कञ्चन दास, निरज कार्कीले पनि अभिनय गरेका छन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]