विराटनगर, फागुन ८ गते । मोरंग बुढीगंगा गाउँपालिका वडा नं. २ अमाहीको बस्ने नरसिंह चौधरीका ग्वाहली घरमा मृत फेला परेकी विराटनगर महानगरपालिका वडा नं. १९ की प्रियका सुनारको हत्याको आरोपमा चारजनालाई प्रहरीले पक्राउ गरको छ ।
चौधरीको ग्वाली घरमा प्लाष्टिकको बोरामा लाश छ भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी नायव उपरीक्षक सहितको टोली खटि गई प्रारम्भिक अनुसन्धानको क्रममा पाँचै जनालाई पक्राउ गरको हो ।
उक्त घटनामा संलग्न रहको आरोपमा मोरङ कटहरी गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ३५ को उमेश सरदार, बर्ष ६२ को रमानन्द राम, विराटनगर महानगरपालिका वडा नं. ७ बस्ने वर्ष ५३ श्रीराम चौधरी र विराटनगर महानगरपालिका वडा नं.–१९ बस्ने बर्ष २९ को रमेश साह (श्रीमान) लाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]