विराटनगर, फागुन ७ गते । खेलकुदमा मात्रै नभई जुनसुकै क्षेत्रमा अनुशासन र इमान्दारीता नै जितको आधार भएको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वताए ।
विराटनगरमा शुरु भएको नेपाल खेलकुद महासंघको दोश्रो महाधिबेशनलाई सम्बोधन गर्दै ओलीले सो कुरा वताएका हुन् । अनुशासन र इमान्दारीता नभएका ब्यत्तिलिाई खेल क्षेत्रमा नलाग्न समेत आग्रह गरेका छन् । कुनै ओहदामा भएर मात्र कसैले ताज र गोल्डेन बुट नपाउने भन्दै ओलीले ईमान्दारीताको साथ कर्मले सफता प्राप्त हुने बताए । ओलीले भने पद पाउने कुरामा होडमा नलागी कामको उत्कृष्टतामा लाग्न आग्रह गर्दै ‘कामले पद दिन्छ, काम गर्न सक्नु भएन भने पद जान्छ, उनले भने, पद क्षणिक हुन्छ कामले तपाईलाई जीवन पर्यन्त सम्झाई रहन्छ ।’
खेलका गतिबिधि हुन नसकेको सुनाउँदै ओलीले पार्टीको समस्या र झमेला अन्त भएपछि नेपाल खेलकुद महासंङले गति लिएको उल्लेख गरे । महासंघले खेलाडीलाई प्रोत्साहित गर्ने, तालिम दिने र खेलाडीले प्रगतिमा केन्द्रीत हुनु पर्ने बताए ।
खेल क्षेत्रमा देखिएका समस्या समाधान र खेल क्षेत्रको विकास गर्न एमालेले मद्दत गर्ने ओलीले आश्वासन दिए ।
‘खेलको अभ्यासले मानिसलाई अभ्यस्त बनाउँछ, उनले भने, कसरी लड्ने कसरी पछारीने अभ्यासले मानिसलाई सफल बनाउने छ । सबैभन्दा ठुलोकुरा आफ्नो काम प्रति ईमान्दार हुनु पर्छ ।’ खेलमा निष्पक्षता र न्याय दिनु पर्ने बताएका ओलीले खेलकुदमा अनुशासन नभएका ब्यक्तिहरुलाई खेल क्षेत्रमा नबस्न आग्रह गरे ।
‘खेलमा आक्रमण हैन प्रतिरक्षा हुन्छ, उनले भने, शान्त स्वाभाभावका खेलाडीहरु परिआएको बेला पछि नहट्ने खालको हुन्छन् ।’ महासंङले सबै खेलको समुचित विकास गर्न सक्नु पर्ने बताए ।
खेलको ईतिहास १५ हजार बर्ष पुरानो
नेकपा एमालेका अध्यक्ष ओलीले १५ हजार बर्षदेखि खेलकुदको ईतिहास शुरु भएको बताएका छन् । १५ हजार बर्ष पहिला पशुपालनको युगसँगै घोडा चराउन थालिएको ईतिहास सुनाएका ओलीले घोडा चढेर सिकार खेल्दै जाँदा आवागमनको रुपमा तालिम दिएपछि घोड सवार शुरु भएको र त्यहीँदेखि खेलको शुरुवात भएको बताए । ‘सत्य युगहुँदै आधुनिक युगमा आउँदासम्म ८ हजार बर्षदेखि नयाँ खेलहरु विकास हुँदै आए, उनले भने, ७÷८ हजार बर्ष पहिलादेखि स्विमिङको भग्नावशेष पाईन्छ ।’
उनले जीवनको लागि स्वीमिङ र बाँच्नको लागि दौड अनिवार्य भएको बताए । सिंह र हरिणको कथा सुनाएका एमाले अध्यक्ष ओलीले सिंहभन्दा छिटो हरिण दौडिएन भने हरिण मर्छ हरिण भन्दा छिटो सिंह दौडिएन भने सिंह भोकै मर्छ त्यसैले दौडको अभ्यासले अभ्यस्त बनाउन सक्नु पर्ने बताए ।
ओलीले राणा, राजा र महाराजा तानाशाहीहरुले खेललाई समाप्त पारेको आरोप लगाए । ‘राजा महाराजाहरुले आफैलाई कुस्ती सिकाउने गुरूलाई हत्या गरेका थिए, उनले भने, तानाशाहीले अन्त्य गरेको खेलकुदको गतिबिधि प्रजातन्त्र पछि शुरु भएको हो ।’
नेपाल खेलकुद महासंघका संयोजक पर्शुराम बस्नेतले खेल क्षेत्रको एउटा भब्य उत्सव विराटनगरमा शुरु भएको बताए । १० बर्षसम्म हुन नसकेको महाधिबेशनलाई भब्य रुपमा विराटनगरमा उद्घाटन भएको बताए ।
नेपाल खेलकुद महासंघको महाधिबेशनको बन्द सत्र आज शुरु हुने जनाईएको छ । महाधिबेशनले नयाँ नेतृत्व चयन गर्ने महासंघका प्रदेश ईन्चार्ज सन्तोष वान्तवाले जानकारी दिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]