विराटनगर, फागुन ४ गते । मोरङको बिराटनगर महानगरपालिका-१३ जतुवा नहर स्थितबाट विभिन्न प्रकारकाे अवैध रेडिमेट कपडा लगायतका सामान सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्जु गाँउपालिका-३ सुनसरीका ४१ बर्षीय प्रेम गुरुङ रहेकाे छ ।
ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले को २ ह १६३६ नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी ५ लाख ३३ हजार ५ सय बराबरको बिभिन्न प्रकारको रेडिमेड कपडा बरामद गरेको हो ।
बरामद भएका सामान, अटो र पक्राउ गरेको गुरुङलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानीमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]