विराटनगर, फागुन २ गिते । ’चिया क्षेत्रका समस्याहरुको दीगो समाधानमा प्रदेश सरकारको भूमिका र जिम्मेवारी’ विषयक प्रदेशस्तरीय संवाद कार्यक्रम ७ बुद्धे प्रतिवद्धता सार्वजनिधक गर्दे सम्पन्न भएको छ ।
प्रदेश न. १ को मुख्य खेतीको रुपमा रहेको चिया क्षेत्रमा लामो समयदेखि विद्यमान श्रमिक, किसान तथा सहकारी, उत्पादकसँग सरोकार राख्नेसहित समग्र समस्याको दीगो समाधानका लागि सो प्रतिवद्धता सार्वजनिक गरिएका हो ।
उक्त अन्तरक्रियाका प्रमुख अतिथी उद्योग, कृषि तथा सहकारी मन्दालय प्रदेश १ का माननीय मन्त्री भक्ति प्रसाद सिटौलाले भने चिया क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्न र प्रदेश १ लाई चिया विशेष क्षेत्र घोषणा गर्न, चिया प्रशोद्धन गर्न प्रदेशमा चिया निती निर्माण गर्न तत्काल पहल गर्ने वताए ।


उक्त अन्तरक्रियामा डेढ जर्दन भन्दा वढी संघ, संस्था, संगठन लगायत सरकारी कार्यालयको प्रतिनिधीहरुका सहभागिता रहका थिए ।
प्रदेशस्तरीय संवादमा सहभागी प्रदेश सरकारका प्रतिनिधि सहित सरोकारवालाहमरुले सार्वजनिक गरिएको ७ ब्द्धे प्रतिवद्धताहरु
१. वार्षिक अबौं रुपैयाँ विदेशी मुद्रा आर्जन गर्ने यस क्षेत्रको मुख्य नगदेवाली प्रवर्द्धन, विकास र विस्तारका लागि प्राथमिकता दिन प्रदेश सरकारमार्फत प्रदेश नं. १ लाई चिया विशेष क्षेत्र घोषणाको पहल गर्ने ।
१२. चिया क्षेत्रका समग्र समस्या सम्बोधन गर्न प्रदेशमा चिया नीति निर्माण गर्ने र तत्काल पहल थाल्ने ।
३. चिया निर्यातमा भारतीय अवरोध हटाउन तत्काल संघीय सरकारसँग समन्वय गरी कुटनीतिक पहल गर्ने ।
४. श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन सरकारी–निजी चिया क्षेत्रमा कार्यान्वयन गर्ने गराउने ।
५. यस प्रदेशमा चियाको गुणस्तर परीक्षण गर्ने ल्याब स्थापना र कार्यान्वयनमा ल्याउने ।
६. आवश्यकता बमोजिम यसै प्रदेशमा (प्रदेश नं. १ ) चिया विकास बोर्ड स्थापनाको पहल गर्ने ।
७. चिया अक्सन बजारको व्यवस्था गर्न प्रदेश सरकारमार्फत तत्काल पहल थाल्ने ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]