विराटनगर, माघ २६ गते । स्रोत नखुलेको रकम सहित एक जनालाई जिल्ला प्रहरी कार्यालय मोरंगले पक्राउ गरको छ ।
बुधवार दिउँसो बिशेष सूचनाको आधारमा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.–१० स्थित सोमबारेमा जिल्ला प्रहरी कार्यालय मोरङ र सी आर भी पोष्ट घोघापुलबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँचको क्रममा स्रोत नखुलेको ९ लाख २० हजार नगद सहित पक्राउ गरेको थियो ।
मोटरसाईकल नम्बर बीआर ३८ एन ४९३० मा सवार जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १५ बस्ने वर्ष ४२ को रंजित कुमार साहलाई पक्राउ गरी आवश्यक सोधपुछ तथा खानतलासी गर्दा सो रकम बरामद गरिएको थियो ।
नगद सहित एटिएम कार्ड २ थान र मोटरसाईकल समेत बरामद भएकोले आवश्यक कार्वाहीको लागि राजश्व अनुसान्धान कार्यालय इटहरी सुनसरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएका छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]