विराटनगर, माघ २४ गते । प्रदेश १ काे राजधानी विराटनगरनगर र भारतकाे सिमाना जाेडिएर रहेकाे नेपालकाे रानी सिमानाकामा रहेकाे ३ नं. ढाठ खाेल्न र सिमानाकामा भईरहेकाे तस्करीकाे कारण प्रहरी प्रशासनले सर्वसाधारणलाई दिने गरेकाे हैरानीलाई बन्द गर्न नागरिक समाजले माग गर्दै काेणसभा गरेका छन ।
उक्त माग भारतसँग सिमाना जाेडिएर रहेकाे विराटनगर-१४, १५, १६, १७ र १८ मा बसाेवास गरी रहेका भद्रभलादमीहरूले नागरिक समाज रानी गठन गरी केही दिन देखि साे माग राखी भन्सार कार्यालयका कर्मचारी र प्रहरी प्रशासन विरूद्व काणसभा गर्दै आएका छन ।
काेरानाकालमा बन्द गरेकाे ३ नं. ढाठ हाल सम्म नखुल्दा नेपालमा सानो तिनाे व्यवसाय गरी घरखर्च चलाउने नेपालीहरू अहिले वेराेजगार भएका छन । साेही ठाउँमा भन्सारका कर्मचारी र प्रहरी प्रशासनले तस्करहरूलाई प्रसय दिई रातारात मालसामान नेपाल भित्र्याउने गरेकाे आराेप काणसभाका वक्ताहरूले लगाएका छन ।
त्यसैगरी १० हजार सम्मकाे घरायसी समान र नेपाली जनताकाे घरमा हुने विवाह, व्रतवन्ध, मृत्यु लगायतको संस्कारमा चाहिने घरायसी खाद्यान्न र लुगाफाटहरू सहजरूपमा आउन दिनुपर्ने समाजका अध्यक्ष महम्द फैयाज रैनले माग गरेका छन ।
साथै तस्करसँग सेटिङगरी तस्करी पनि गराउने र तस्करकाे नाममा सर्वसाधारण नेपाली जनताले दुःख दिने कामलाई तुरुन्त बन्द गर्नुपर्ने अन्यथा चरणवध आन्दोलन गर्ने रैनकाे भनाइ छ ।
१०० रूपियांकाे समान भारतवाट मात्र ल्याउन पाउने नाममा प्रहरी प्रशासनले सर्वसाधारणलाई नेपाली जनतालाई दिनहुँजसो दुःख दिदै आएका छन ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]