राजेश कुमार राजवंशी
विराटनगर, माघ २१ गते । वृहत मधेशी नगरिक समाजद्धारा विराटनगरमा गरीएको गरिएको सन्दर्भ ः झ्ठ्ठा मुद्दा ‘ माननीय लक्ष्मी महतो कोईरी र रेशम चौधरी’ सन्बन्धी अन्तरक्रियात्म गोष्ठीका वक्ताहरुले ती दवै जना मधेशी भएकै कारण नेपाल सरकारले झुठा मुद्दालगाई जेल भित्र बन्धक वनाई राखेको वताएका छन् ।
कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार एवं राजनीति कर्मी रामरिझन यादवले कार्यक्रमको विषयमा प्रष्ट पार्दै मधेशी भएकै कारण महोत्तरी जिल्लामा जन्मनु भएको माननीय लक्ष्मी महतोलाई नेपाल सरकारल झुठ्ठाा मुद्दा लगाइ रेशम चौधरी जस्तै जेलभित्र हाल्न प्रयास भइरहेको वताउदै आन्दोलनकारी र प्रहरी प्रशासन बीच झडप भएको हुनाले लक्ष्मी महतोलाई पनि झुठा मुद्दा लगाएको यादवले आरोप लगाए । ।
नेकपा एमाले प्रदेश सांसद जयप्रकाश चौधरीले कुनै पनि पार्टीमा मधेसी नेता भए पनि मधेशी, आदिवासी जनजाति, मुस्लिम, दलित, पिछडिएका वर्ग, जातजातिको अधिकारको लागि सधै आवाज उठाई रहने प्रतिवद्धता जनाउदै माननीय लक्ष्मी महतो कोइरी र रेशम चौधरीलाई लगाइएको झुठ्ठा मुद्दा खारेज गरी रिहा गराउनका लागी थारु कल्याणकारी सभा, लगात केही राजनीतक दल अवाज उठाई रहेका छन् । रिहाइको अवाजलाई अझ वुलन्द वनाउन बृहत मधेसी नागरिक समाज लगायत अन्य संघ संगठन एक भएर अगाडि बढनु पर्ने धारणा राखेका थिए ।
त्यसैगरी कार्यक्रमको प्रमुख अथिती नेकपा माओवादीको पुर्व मन्त्री शिव कुमार मन्डलले अबको दिनमा युवाहरूलाई सचेत गराइ मधेसको कुरा लिएर केही मधेसी पार्टीमा पनि युवाको नेतृत्व हुनुपर्छ भने जोड दिएका थिए ।


मधेशी राजनीतक दलहरु मधेशी जनताका अधिकारको लागि गरेको प्रतिवद्धतालाई तिलान्जली दिएर अहिले सत्ता भोगमा लागेको छ । सत्ता र कर्सी छुटेपछि मधेश देख्ने, सत्ता र कुर्सी पाएपछि मधेशलाई विर्सिने भएकोले रेशम चौधरी र लक्ष्मी महता कोईरी लगात दर्जनौ मधेशी नता कार्यकर्ताहरुलाई नेपाल सरकारले अनावश्यक झुठ्ठा मुद्दा लगाएर जेलमा बन्धक वनाएको वताउदै उनीहरुका रिहाईको लागि मधेशी नेताहरुले सत्ताको लोभ छोड्नु अधिवक्ता रामलाल सुतिहार वताए ।
सो अन्तरक्रियात्म कार्यक्रमा नेपाली कांग्रेस, नेकपा ऐमाले, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, माओवादी केन्द्र, जनमत पार्टी लगायतका प्रतिनिधीहरु र पत्रकारहरुले आ–आफ्नो धारण राखेका थिए ।
थरूहट आन्दोलनको क्रममा ०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबिचको दोहोरो झडपमा परी एक नाबालकसहित सात प्रहरीको ज्यान गएको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा एक नाबालक, राष्ट्रिय जनता पार्टीका तर्फबाट प्रतिनिधि सभाका सदस्यमा विजय भएका रेशम चौधरी सहित २६ जनालाई विभिन्न मुद्दा चलाई पुर्पक्षको लागि कारागार चलान गरिइएको थियो । उनीहरू विरूद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा चलाइएको थियो ।
त्यसैगरी लक्ष्मी महतो कोइरी माथि मधेस आन्दोलनका क्रममा घाइते भई अस्पताल लैजाँदै गरेका सई थमन थापालाई एम्बुलेन्सबाट थुतेर हत्या गरेको अभियोग नेपाल सरकारले लगाएको छ ।
उक्त अन्तरक्रिया कार्यक्रम वृहत मधेशी नागरिक समाजका केन्द्रिय अध्यष सुर्यनाथ प्रसाद सिंहका अध्यक्षतामा सम्पन्न भएको थियो । उत्तअन्तर क्रीया कार्यक्रमको सभापति सुर्यनाथ सिंहको अध्यक्षता समप्न्न भएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]