विराटनगर, माघ १६ गते । “अहिलै गरौं एकै साथ गरौं उष्णप्रदेशीय रोगहरुमा लगानी गरौं“ भन्ने मुल नाराका साथ उपेक्षित उष्णप्रदेशीय रोग दिवसको अवसरमा प्रदेश १ का स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बुको प्रमुख आतिथ्यमा प्यानल छलफल गरी सम्पन्न गरको छ ।
सो छलफलको समुद्घाटन प्रमुख अतिथी स्वास्थ्य मन्त्री लिम्बुले व्यानर पढेर समुद्घाटन गर्दै प्यानल छलफलमा सहभागी भएका थिए ।
सो छलफलमा उपेक्षित उष्णप्रदेशीय रोगहरु डेंगु, फित्तेजुका, जुका, हात्तीपाईले, कुष्टरोग, खस्रेरोग, सर्पदंश, लुतो, रेविज, कालाजार लगायत १० वटा रोगहरुको वारेमा छालफल भएका थिए ।
उपेक्षित उष्ण प्रदेशीय रोगहरु सङक्रमक भाइरस, व्याक्टेरिया, परजीवी, ढुसी र विषक्त पदार्थहरुको कारण लाग्ने रोगको समूह रहेको, यो रोग विश्वभरीमा १ अर्ब मानिसहरुलार्य मानवीय, सामाजिक तथा आर्थिक भार थपेको जानकारी गराएका थिए ।
कार्यक्रममा नीति तथा योजना महाशाखा प्रमुख डा.सुरेश मेहेता, नगरपालिका महासंघ १ नम्बर प्रदेशका अध्यक्ष एवं बेलबारि नगरपालिकाका मेयर दिल प्रसाद राई, नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशका अध्यक्ष लिला वल्लब लगायतका विशिष्ठ व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]