विराटनगर, माघ १६ गते । प्रजातन्त्र दिवसको अवसर परेर नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन फागुनमा हुने भएको छ ।
महासंघका केन्द्रिय अध्यक्ष पर्शुराम बस्नेतले विराटनगरमा पत्रकार सम्मेलन गरेर सो कुरा वताएका हुन् ।
महासंघको दोस्रो राष्ट्रिय अधिवेशन समुदघाटन समारोह प्रजातन्त्र दिवस अर्थात फागुन ७ गते प्रदेश १ को राजधानी विराटनगरमा रहेका विराट नसिंङ होम पूर्व रहको महोत्सव स्थल (मैदान) मा पूर्व प्रधानमनत्ती तथा नेकपा एमालेका अध्यक्ष क. केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा विशाल जनसहभागित तथा विभिन्न खेलकुद प्रदर्शन गरीने बस्नेतले जानकारी गराउनु भयो ।
त्यसैगरी महाधिवेशनको उद्घाटनको अवसरमा केपी ओली रोडरेस प्रथम संस्करण २०७९ को समेत आयोजना गरी सोही दिन करांते, उषु, तेक्वान्दो लगायतका खेलहरु प्रदर्शनर सांस्कृतीक कार्यक्रम हुनेछ ।
म्हाधिवेशन सम्पन्न गर्न हाल कायम रहको २१६ सदस्यीय केन्द्रीय कमिटी नै मूल व्यवस्थापन समिति रहने र १५ वटा उप समितिहरु रहने भएको छ ।
राजनैतिक, सांगठनिक प्रतिवेदन लेखन उप समिति संयोजक क. कृष्ण बस्नेत (पर्शुराम), प्रतिनिधी व्यवस्थापन उपसमितिको संयोजक क. दिपेन्द्र दाहाल, विधान मस्यादा उपसमिति संयोजक क भिम ओली, आर्थिक व्यवस्थापन उपसमिति संयोजक क. रुपेश अधिकारी, सह संयोजक क उज्वलल सुवेदी, स्वयंसेवक तथा सुरक्ष व्यवस्थापन उपसमिति संयोजक क. शिवजी गुप्ता, खाद्य्यान व्यवस्थापन उपसमिति संयोजक क. सन्तोषी श्रेष्ठ, मञ्च व्यवस्थापन तथा स्वागत समारोह उपसमिति संयोजक क. नद्या वस्याल, जनपरिचाल उपसमिति संयोजक क. सन्तोष वान्तवा, खेलकुद प्रदर्शन उपसमति संयोजक, क. ओमकृष्ण प्रसाई, अतिथी सत्कार उप समिति क. शम्भु पौडेल र आवास व्यवस्थापन उपसमति संयोजक क. विप्लव घोषलाई जिम्मेवारी दिएको बस्तेतले जानकारी गराउनु भयो ।
२०७९ फागुन ७, ८ र ९ गते विराटनगरमा हुन लागेको दोस्रो राष्ट्रिय महाधिवेशनमा देशभरीबाट ५ सय ५० जना प्रतिनिधिको सहभागिता रहने छ । उक्त दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न ६५ लाख भन्दा बढि रकम खर्च हुने जानकारी गराउनु भयो ।
सो पत्रकार सम्मेलनमा महासंघ इन्चार्ज तथा नेकपा एमालेका पोलिटतब्यूरो सदस्य माननीय गोकुल बाँसकोटा, माननीय ऋषि केश पोखरेल, क. विनोद ढकाल, सह इन्चार्ज क. रमेश पौडेलको उपस्थिति रहको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]