विराटनगर, माघ १६ गते । नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को आयोजनामा माघ १९ गते देखि शुरु हुने सीएनआई कोशी एक्सपोमा ५० करोडको कारोवार र ५ लाख भन्दा वढी मानिसको सहभागीता हुने आयोजकले दावी गरका छन् ।
एक्सपोको बारेमा जानकारी दिने उदेश्यले गरेको पत्रकार सम्मेलनमा नेपाल उद्योग परिसंघ प्रदेश नं. १ का अध्यक्ष भीम घिमिरेले सो दावी गरेका हुन् ।
सीएनआई कोसी एक्स्पो २०७९ को करीब ७० प्रतिशत काम सम्पन्न भईसकेको र वाँकी ३० प्रतिशत काम द्रुतगतिमा भई रहको छ । एक्सपोमा करी ३ करोड ५० लाख खर्च हुने र सोही अनुसार प्रायोजक र स्टल विक्रीवाट उठाउने घिमिरेले वताउनु भयो ।
सीएनआई कोशी एक्सपो अभियानमा नेपाल सरकारका कृषि, उद्योग, पर्यटनसँग सम्बन्धित मन्त्रालयहरु, नेपाल पर्यटन बोर्ड र १ नं. प्रदेश सरकारअन्तरगत उद्योग, कृषि तथा सहकारी, सामाजिक विकास, पर्यटन वन तथा वातावरण मन्त्रालय लगायत विराटनगर महानगरपालिका सहित रंगेली नगरपालिका र सुनसरीको दुहबी नगरपालिका, बुढीगंगा गाउँपालिकाहरुले एक्स्पो उत्साहजनक रुपमा अघि बढाउन प्रवर्द्धनमा सहयोग पु¥याएका छन् ।
परिसंघले एक्स्पोलाई ऐतिहासिक बनाउनकै लागि काठमाडौंबाट समेत तयारी अघि बढाएको थियो । एक्स्पोमा बृहत रुपमा उद्योग, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, मिल तथा मेशिनरी औजार, अटो, सेवा क्षेत्र, उपभोग्य वस्तुका ४०० जति स्टलहरु रहने छन् । चौतर्फी मन्दी छाएको आर्थिक क्षेत्रलाई एक्स्पोका माध्यमबाट हुने आर्थिक क्रियाकलापले अगाडि बढाउन महत्वपुर्ण योगदान गर्ने विश्वास लिएको एक्सपो संयोजक राजेन्द्र राठीले जानकारी गराए ।
स्थानीय पालिकाहरुबाट उद्यमीहरुले एक्स्पोमा आफ्ना उत्पादनहरुको प्रचार प्रसार र बजारीकरणका लागि स्टल रहने छन् । पाँचवटा पालिकाबाट छनौट भएर आउने घरेलु तथा महिला उद्यमीहरुले कम्तिमा पाँचवटा र बढिमा १० वटासम्म स्टलहरु एक्स्पोमा निःशुल्क रुपमा उपलब्ध गराउने भएको छ ।
एक्स्पो माघ २८ गते सम्म सञ्चालन हुने एक्सपोमा सौर्यमण्डलबारे आवश्यक जानकारी दिन र अवलोकनकर्ताहरुलाई त्यसको अनुभव गराउन ‘प्लानेटेरियम’ अर्थात सौर्यमण्डलको कक्ष निर्माणगरिने विशेष किसिमको क्षेत्रभित्र उक्त सौर्यमण्डल अवलोकनको व्यवस्था मिलाउने एक्सपो सह संयोजक गिरिजा सारडाले जानकारी दिनु भयो ।
सीएनआईले विद्यालय र कलेजहरुमा अध्ययनरत विद्यार्थीहरुको चौतर्फी बौद्धिक विकासका लागि हिसान र प्याब्सनसँगको सहकार्यमा सौर्यमण्डलको अवलोकनलाई प्राथमिकताका साथ एक्स्पोमा समेट्नुका साथै एक्स्पोमा आधुनिक ४ वटा डोम रहने छन्, भने ३ सय ७० स्टोल बुक भइसकेको आयोजकले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]