बिराटनगर, माघ १३ गते । झापाको कन्काई नगरपालिका-३ स्थितबाट प्रहरीले प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरेको छ ।
बुधवार राती बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-४ घर भई कन्काई नगरपालिका-३ स्थितमा डेरा गरी बस्दै आएका सुमन चौधरीको कोठामा खानतलासी गर्दा २४ ग्राम ३६ मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान, नगद नेपाली रुपैया २२ हजार ५०, भारतिय रुपैया ३ हजार २ सय र मे.१०प ५७१४ नम्वरको मोटरसाईकल बरामद गरेको हो ।
उक्त सामान बरामद भए संगै घरमा रहेकी चौधरीको श्रीमती मेनुका लकान्द्रीलाई प्रहरीले पक्राउ गरेको थियोे ।
चौधरीको खोज तलास भईरहेको तथा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]