विराटनगर, पुस २५ गते । राजवंशी समाज विकास समिति जिल्ला कार्यसमितिले मोरंग रतुवामाई नगरपालिका वडा नं. २ डोरिया निवासी सुन्दरलाल राजवंशी बचाउ अभियान सहयोग पुग्ने उदेश्यले न्यानो लुगा र आर्थिक सहयोग गरका छन् ।
राजवंशी समाज विकास समिति मोरंगका अध्यक्ष देवराज रावंशी समेतको टोलीले आइतवार न्यानो कपडामा सिरक, डस्ना, सिरानी, कम्बल, चामल, दाल, तेल, भुजा, बिस्कुट र नगद १२ हजार सहयोग गरेका छन् ।


धरान निवासी महेश चन्द्र राजवंशीको समन्वयमा सो सहयोग उपलब्ध गराएको हो । उक्त सहयोगमा जिल्ला सचिव रुपेश राजवंशी, केन्द्रिय समिति सचिव मनोज राजवंशी, केन्द्रिय सदस्य दिपक राजवंशी र रतुवमाई नगरपालिका समिति अध्यक्ष राम बहादुर रादवंशीको समेत सहयोग रहको छ ।
सुन्दरलाल राजवंशी बचाउ अभियानमा नबिन राजवंशी, शिभराज राजवंशी, कोशिला राजवंशी, डिम्पल राजवंशी, दिनेश राजवंशी लगायतले सहयोग गरी सकेका छन् ।
थप उपचारमा सहयोगका लागि मनकारी मनहरुले ९८५२०२९७०७ मा सम्पर्क गरी सहयोग गरिदिनु हुन समाजले अपील गरेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]