विराटनगर, श्रावण ३१ गते । प्रदेश नं. १ को मा आज ८६ कोरोना संक्रमित थप भएसंगै कुल संक्रमितको संख्या १ हजार ९ सय ७ पुगेको छ ।
त्यसैगरी सो संक्रमित मध्ये मोरंग जिल्लामा मात्रै ६४ जना संक्रमित थप भएको छ ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा ५४ पुरुष र ३२ महिलालाई संक्रमण पुष्टि भएको छ । त्यसैगरी प्रदेश नं. १ को राजधानी विराटनगर महानगर पालिकामा ४० जना संक्रमित थप भएको छ । जसमा २१ पुरुष र १९ महिला रहेका छन् ।
त्यसैगरी रंगेली नगरपालिकामा ६ पुरुष र ३ महिला गरि ९ जना, धनपालथान गाउँपालिकामा ५ महिला, जहदा गाउँपालिकामा ३ जना, बुढीगंगा गाउँपालिकामा २ जना, सुन्दरहरैचा गाउँपालिकामा २ जना, सुनवर्षी नगरपालिकामा १ जना, कानेपोखरी गाउँपालिकामा १ जनामा कोरोना संक्रमिण पुष्टी भएको छ ।
सुनसरी जिल्लामा १७ पुरुष र २ महिला गरि १९ जनामा संक्रमण देखिएको छ । जसमध्ये धरान उपमहानगर पालिकामा ९ पुरुष र २ महिला गरि ११ जना, रामधुनी गाउँपालिकामा ५ पुरुष र बर्जु गाउँपालिकामा ३ पुरुषमा कोरोना पुष्टि भएको छ ।
ओखलढुङ्गगा, तेह्रथुम र उदयपुरमा १÷१ जनामा संक्रमण पुष्टी भएको छ । कोरोनाबाट प्रदेश नं. १ मा १३ जनाको मृत्युे भई सकेको छ । ४ जना प्रदेश नं. २ का छन् भने वांकी ९ जना प्रदेश नं. १ का हुन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]