विरटनगर, पुस १६ गते । खानाका परिकार र सांस्कृतिक कार्यक्रमसहितको विराट सडक महोत्सव २०७९ काे आयाेजना विराटनगरमा हुने भएकाे छ ।
ऐतिहासिक तथा सस्कृतिक नगरी विराटनगरको ऐतिहासिकता तथा सांस्कृतिक सभ्यतालाई जीवन्त राख्दै नया पीढीमा समेत पुस्तान्तरण गर्ने उद्धेश्यले साे महाेत्सव आयाेजना गर्न लागेकाे आयाेजक जतिन तम्रकारले वताए ।
मन्जिना मुभिज क्रिएशनले पछिल्लो केही वर्ष यता विभिन्न जातजातिका खानाका परिकार र सांस्कृतिक कार्यक्रमसहितको विराट सडक महोत्सव आयोजना गर्दै आएको छ ।
सोही कार्यक्रमलाई यस वर्षपनि निन्तरता दिदै आगामी माघ १२, १३ र १४ गते स्थानीय हिमालय रोडमा आयोजना हुन लागेकाे हाे ।
लगभग ४० वटा विभिन्न जातिका खानाका स्टल रहने र आफ्नै संस्कृति, परम्पराको प्रबर्द्धन गर्दै राजवंशी, मैथिल लिम्बु, नेवार लगायत अन्य जातजातिका सांस्कृतिको प्रस्तुती र दैनिकी सागितिक कार्यक्रम र विभिन्न जातिका खानाका परिकार विराट सडक महोत्सवका मुख्य आकर्षण रहने भएकाे छ ।
साे महाेत्सवमा ३१ लाख खर्च हुने भएकाे छ भने महाेत्सवमा ४० वटा स्टल रहनेछ । प्रत्येक स्टलकाे शुल्क १५ हजार लाग्नेछ ।
विराटनगरका मात्र नभै पूर्वका विभिन्न स्थान तथा शहरका हरेक बर्गका व्यक्तित्वहरूकाे महोत्सवमा सहभागी हुने तम्रकारले वताए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]