विराटनगर, पौष ९ गते । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दुई दर्जन सदस्यका सन्ततीहरुलाई नगद सहित सम्मानित गरेका छन् ।
सम्मानीत हुनेहरुमा स्नाकोत्तर तह उपाधी हासिल गरेका तारादेवी शर्मा राजनीति शास्त्र, प्रविना पोखरेल ग्रामिण विकास, ऋत्विक तिवारी कम्प्युटर इन्जिनियरिङ, डा. एलिजा पौड्याल चिकित्सा विज्ञान, रमेश खतिवडा राजनीति शास्त्र, सुमन फुयल जनप्रशासन र टिकामाया अधिकारी मानव शास्त्रलाई सम्मान गरका छन् ।
त्यसैगरी स्नातक तह उपाधी हासिल गरेका शशिभुषण ठाकुर कानून, निषा कुसुम गौतम चिकित्सा शास्त्र नर्सिङ्ग, डा. आकृति सिंह पशु विज्ञान, डा. सराहना सुवेदी पशु विज्ञान, अनुषा काफ्ले इन्जिनियरिङ, डा. अभिषेक अधिकारी स्वास्थ्य विज्ञान, डा. कृति कुमारी वस्ती चिकित्सा दन्त, संदिपा निरौला चिकित्सा शास्त्र नर्सिङ्ग, विवेक तिम्सिना कानून, संजय किरकेट्टा चिकित्सा शास्त्रलाई नगद सहित गौन ओढाएर सम्मान गरका छन् । सोही अवसरमा १२ जना दश जोड दुई उतिर्ण गरेकाहरुलाई समेत सम्मान गरेका थिए ।
सोही अवसरका संस्थाका अध्यक्ष जीवन काफ्लेले भने संस्था अहिले तीन अर्बभन्दा कढी पूँजी निर्माण र परिचालन गर्न सक्षम रहेको वताएका थिए ।
संस्थाले आफ्ना सदस्यहरुलाई धितोको आधारमा न्यूनतम १२ प्रतिशत व्याजमा ५० लाख सम्मको ऋण लगानी गर्नुका साथै सदस्यहरुका छोरा–छोरीलाई विदेशमा उच्च शिक्षा अध्ययन गर्न हालसम्म ७५ जनालाई रकम उपलव्ध गराएको छ ।
उक्त संस्थामा सामाजिक उत्तर दायित्व अन्र्तगत सुत्केरी वापत सदस्यलाई पोषणभत्ता ५ हजार, ७५ वर्ष माथिका जेष्ठ सदस्यहररुलाई औषधि उपचार वापत वार्षिक २ हजार र मृत्य हुँदा क्रिया खर्चवापत १५ हजार उपलव्ध गराउने व्यवस्था रहेको छ ।
सामाजिक उत्तर दायित्व अन्र्तगत सुत्केरी वापत सदस्यलाई पोषणभत्ता पाँच हजार, मृत्य हुँदा क्रिया खर्चवापत १५ हजार र ७५ वर्ष माथिका जेष्ठ सदस्यहररुलाई औषधि उपचार वापत वार्षिक दुई हजार उपलव्ध गराउने व्यवस्था रहेको छ ।
त्यसैगरी उच्च शिक्षा अध्ययन सम्पन्न गरेका सदस्यहरुका परिवारका सदस्यहरुलाई रजत महोत्वको उपलक्ष्यमा सार्वजनिक रुपमा गाउन सहित सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष काफ्लेले बताए ।
विसं २०४८ मा ३१ जना सदस्यहरुद्वारा स्थापित सहकारीको हाल मुलुकको ६८ जिल्लामा शाखा रहनुका साथै २५ हजार सदस्य रहको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]