विराटनगर, पौष ८ गते । माईती नेपाल विराटनगरले रानी सिमानाकामा रहेर सन् २०२२ को जनवरी देखि दिसेम्बर सम्मको कार्यप्रगती विवरण सार्वजनिक गरको छ ।
माईती नेपालको विराटनगर–१३ मा रहको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी माईती नेपाल मोरंग संयोजक विनोद पोखरेलले प्रगती विवरण सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको विवरण अनुसार विभिन्न वहानामा भारत तर्फ जान लाग्दा सिमा क्षेत्रवाट रोक्ने, उदार गर्ने, हराएको फेला पर्ने, मानव वेचविखन मा मुद्दा चलाउन, बलात्कार र घरेलु हिंसा लगायत विभिन्न कृयाकलाप अन्तर्गत जम्मा २ सय ९६ जनालाई उद्धार गरेका छन् ।
मानव वेचविखनवाट रोक्ने काम १३१, उद्धार १, हराएको निवेदन ४७, हराएको मध्ये फेलापारेको ११, मानव वेचविखन मुद्दा १, बलात्कार मुद्दा १ र घरेलु हिंसाका १०४ रहेका छन् ।
भारत तर्फ विभिन्न बहानामा लाने क्रममा माईती नेपालले जातिको आधारमा ब्राह्म र क्षेत्री २५ जना, राई, लिम्बु र मगर २५ जना, लामाङ र लामा ९ जना, वि.क परियार १८ जना, तराईवासी ८ जना मुस्लिम ५ जना, अग्रवाल १ जना, चौधरी र राजवंशी ३४ जना, माझी, धामी र दनुवार १ जना, धिमाल, भेजेल, उराउ २ जना र नेवार ३ जना गरी रहेको पोखरेलले वताए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]