विराटनगर, पौष ६ गते । ईलाका प्रहरी कार्यालय रानी अगाडी चिया पसल संचालन गर्दै आएकी एक महिलाले सोही ठाउँको स्थानीहरुको लाखौ रकम ठगी गरी वेपत्ता भएकी छन् ।
विराटनगर महानगरपालिका वडा नं. १२ स्थायी घरभई अस्थायी रुपमा विराटनगर–१५ बस्दै आएकी र २०÷२५ वर्ष देखि इलाका प्रहरी कार्यालय रानी अगाडी चिया पसल संचालन गर्दै आएकी ५६ वर्षिय गायत्री भट्ट्राईले विभिन्न प्रलोभन देखाई जर्दनौ स्थानीय व्यक्तिहरुलाई ठगी गरी वेपत्ता भएको स्थानीयहरुले आरोप लगाएका छन् ।
नेपाल पत्रकार महासंघ मोरंग शाखाको सभाहलमा नितु साह लगायतको महिला पूरुषहरुले पत्रकार सम्ममेलन गरी विभिन्न प्रलोभन देखाई दर्जनभन्दा वढी स्थानीयहरुको करीब ५० लाख रुपियाँ ठगी गरी वेपत्ता को वताईन ।
शूरुमा २०÷३० हजार सापटी पैचोको कारोवार गरे त्यसपछि घरायसी काम भनेर अषाढ तिर २ लाख मागे विश्वास लागेर दिए फेरी छोरी अस्पतालमा छ भनी फेरी २ लाख मागे त्यो पनि दिए । त्यसपछि तिम्रो ४ लाख तिर्नु छ बैकवाट ऋण लिन केही पैसा खर्च हुन्छ त्यसको लागि अझै ५० हजार देउ भनेपछि आफ्नो गरगहना राखेर ५० हजार दिए पछि भट्टराईले भने त्यो ऋण लिएर तिम्रो सम्पूण रकम चुनाव पछि मंसिर ७ गते तिरी दिन्छु भनेका थिए । सो विश्वासमा पैसा दिएको थिए । तर मंसिर ७ गते रकम चुक्क्ता गर्नुको सट्टा भट्टराई वेपत्ता भएको नितिु साहले वताईन ।
नितु साहलाई मात्रै ठगेकी होईन त्यसैगरी विराटनगर–१५ कीसुकुम तामाङको ३ लाख, आरती साह घिमिरेको २ लाख, पूजा साहको १ लाख ७० हजार, लक्ष्मण साहको २ लाख ५० हजार, मगली क्षेत्रीको २ लाख ५० हजार लगायत दर्जनौको करीब ५० लाख रकम लिएर वेपत्ता भई काठमाण्डौमा छोरीको घरमा आएको पिडितहरुले वताए ।
भट्ट्राईले आफू विभिन्न वित्तिय संस्थाको संचालक भएको ती संस्थाको सदस्य वनाई शेयर धनी वनाई दिने भन्दै प्रलोभन देखाएर ठगी गरेको स्थानीयहरुले आरोप लगाएका छन् ।
रकम दिएको कुनै प्रमाण नभएकोले केही कारवाही गर्न नमिल्ने भनेर ठगीमा परेका स्थानीयहरुलाई इलाका प्रहरी कार्यालय रानीका प्रमुखले फर्काई दिएपछि पिडितहरुले पत्रकार सम्मेलन गरेका हुन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]