विराटनगर, मंसिर १९ गते । विराटनगर महानगरपालिका वडा नं. २ मा रहेकाे जनता माघ्यमिक विद्यालयको प्रगति एवम् उन्नतीकाे लागि मंसिर २४ गते सहभागी हुन पुर्व विद्यार्थी संघले आह्वान गरेका छन ।
भवि कार्य योजनाहरू २०७२ सालको सरस्वती पूजा भव्यताको साथ मनाउने र विद्यालय प्राङ्गण भित्र श्री सरस्वती माताको मूर्ति स्थापना गरिने, विद्यालयको ७० वर्षे इतिहास शिक्षकहरूको जीवनी, उत्कृष्ठ विद्यार्थीहरूको परिचय एवम् अन्य तथ्य झल्किने गरी स्मारिका प्रकाशन, विद्यालय भित्र रहेको पुस्तकालयमा प्रेरणास्पद एवं शैक्षिक किताबहरू संग्रहित गर्दै ई-लाइब्रेरी बनाउने, शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सर्वपक्षिय जागरुकता र रचनात्मक उत्कृष्ठ तालिम, सेमिनार गर्ने गराउने । शिक्षक, , अभिभावक पूर्व-विद्यार्थी, वर्तमान विद्यार्थी तथा आम जनताको लागि सूचना प्रविधिको पठनपाठन गर्ने गराउने। पूर्व विद्यार्थी संघलाई अझ बढी प्रभावकारी र रचनात्मक बनाउदै लान के के गर्नु पर्ने विषयमा छलफल गर्न साे भेला आह्वान गरेकाे कार्यक्रम संयाेजक उमेश भगतले जानकारी गराउनु भयाे ।
संघले गरेका कार्यहरू स्वर्ण महोत्सव समारोह, स्वर्ण महोत्सव स्तम्भ निर्माण, पुस्तकालय भवनको निर्माण गरी विभिन्न पुस्तकहरू सहित सो पुस्तकालय २०६३ सालमा विद्यालयलाई हस्तान्तरण गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान, कम्प्युटर ल्यावको स्थापना, भूतपूर्व प्रधानाध्यापक स्व कृष्ण प्रसाद भगतको शालिक निर्माण र स्थापना गरिसकेका छन ।
जनतन माविकाे स्थापना वि.सं. २००९ सालमा सरस्वती पूजाको दिन भएको हो । ७० वर्षको इतिहास रहेको यस विद्यालयमा अध्ययन गरी आफ्नो जीवनलाई सफल एवम् समृद्ध बनाउन अवसर प्राप्त सम्पूर्ण पूर्व विद्यार्थीहरूको पुनर्मिलन हुने उद्देश्य राखि भेला बाेलाईएकाे हाे ।
वि.स. २०६० सालमा जनता मा.वि. पूर्व विद्यार्थी संघको स्थापना गरिएको थियोे ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]