राजेश कुमार राजवंशी
जहदा, श्रावण ३० गते । मोरंगको जहदा गाउँपालिकाको कृषक दोहरो मर्कामा परेका छन् ।
केही दिन अगाडी सम्म परेको अविरल वर्षा र कोरोना संक्रमणको कारणले जसोतसो मकै बाली भित्रियाएका थिए तर सोवालीको लगानी अनुसार मूल्य पाउन सकेनन् । सस्तो मुल्यमा मकै बेच्न बाध्य भएको थियो ।
त्यसैगरी यसपाली समयमै पानी परेकोले किसानहरु बीउ बिजन र धानबाली रोपाइँ गर्न सहज भएको थियो । तर रोपाईपछि रेको अविरल बर्षाले ल्याएको वाढीले धानवाली गलेर नष्ट भएपछि किसानहरु चिन्तामा डुवेका छन् ।
लोहन्द्रा खोला र जुरी खोलाको पानी खेतमा पासी धान बालीलाई नष्ट गरेको जहदाका किसानहरु वताउँछन् ।
कृषक बिजय कुमार राजवंशीका अनुसार दुई बिगहा खेतमा धान रोपाइँ गर्दा ४० हजार भन्दा बढी खर्च लागेको वताए । सो खर्च समेत धानवालीबाट उठ्ने सम्भावना छैन । नेपाल सरकारले बाढीले बाली नष्ट भएको किसानलाई राहतको प्याकेज घोषणा गर्नु पर्ने वहाँको भनाई छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]