विराटनगर, मंसिर १६ गते । सामाजिक सद्भावकाे लागि राजवंशी समुदायले हुधुरधुरा जात्रा गरेका छन ।
राजवंशी समुदायकाे संस्कृति संरक्षण तथा विकास केन्द्र कटहरि द्वारा हुधुरधुरा जात्रा अर्थात सामाजिक सद्भाव यात्रा र्याली निकालिएको छ ।
रासविस सम्पर्क कार्यालय कटहरि वाट र्यालि निकाली । कटहरि गाउँपालिका बजार परिक्रमा गरिएको थियो ।
उक्त जात्रामा झापा, माेरङ , सुनसरी वनायाैँ सुन्दर पर्यटन नगरी नारा लिएर उक्त कार्यक्रम गरिएका छन । झापा माेरङ र सुनसरी क्षेत्रमा रहेको भाैगाेलिक सम्पदालाई संरक्षण तथा विकासकाे वाटाेमा डाेर्याउदै सुन्दर सफा र हाराभारा बनाइ पर्यटन भित्र्याउने मुख्य उदेश्य रहेको रासविसका तथा पुर्व केन्द्रिय गृह राज्य मन्त्री भिमराज राजवंशीले वताए ।
राजवंशी संस्कृति सङरक्षण तथा विकास केन्द्र याे कार्यक्रम १५ आ‌ै पटक गरिएका छन् । कटहरी गाउँपालिकाकाे क्षेत्र विकासको लागि कुनै कसर नछाेडने गाउँपालिका अध्यक्ष तथा उक्त कार्यक्रमकाे प्रमुख अतिथि देवराज चाैधरिले वताउनु भयाे ।
राजवंशी सामाज उथान समिति ( विराट ) काे उपस्थिति रहेका छन् । प्रदेश न.१ पुर्व भुमि वयवस्था तथा सहकारी राजय मन्त्री गयानेशवर राजवंशी, कटहरि गाउँपालिका उपाध्यक्ष सीता देवि राजवंशी, जनजाति आदिवासी कटहरि गाउँपालिका अध्यक्ष जयन्त राजवंशी, रासविस पुर्व जिल्ला अध्यक्ष तथा रासस विकास केन्द्र कार्यवाहक अध्यक्ष प्रशुराम राजवंशी, रासविस वर्तमान जिल्ला अध्यक्ष देवराज राजवंशी, रासविस जिल्ला सचिव रुपेश राजवंशी , रासविस जिल्ला काेषा अधयक्ष काेशिला राजवंशी ,रासविस जिल्ला सदस्य संजय राजवंशी लगायतका विभिन्न समुदायका वुद्धिजिविहरुकाे उपस्थिति रहेको थियोे ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]