विराटनगर, मंसिर १४ गते । आउँदो मंसिर १६ गते शुक्रबार विराटनगरमा मानवताका लागि सांगीतिक यात्रा ‘नेपथ्य लाइभ कन्सर्ट’ आयोजना हुने भएको छ ।
नेपाल पत्रकार महासंका सभाहलमा पत्रकार सम्मेलनकाे आयाेजना गरी कार्यक्रम संयाेजक राजन खत्रीले जानकारी गराउनु भयाे ।
एक दशकदेखि सडकपेटी एवं सार्वजनिक स्थलमा भेटिएका सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार गर्दै आइरहेको मानवसेवा आश्रमले मानवीयताको अभियानलाई थप प्रभावकारी बनाउन नेपथ्य व्याण्डसँगको सहकार्यमा विराटनगरको हाटखोला मैदानमा नेपथ्य लाइभ कन्सर्ट गर्न लागेको खत्रीले जानकारी दिनु भयाे ।
एक महिने लाइभ कन्सर्टको पहिलो कार्यक्रमको रुपमा विराटनगरमा लगायत देशका अन्य ९ प्रमुख सहरहरूमा कन्सर्ट हुने छ ।
मानवता प्रवर्द्धनसँगै मानवसेवा आश्रम विराटनगर शाखाले विराटनगर महानगरपालिका वडा नं. ५, बरगाछीमा भवन निर्माण कार्य गरिरहेको छ । उक्त भवन निर्माण कार्यलाई सम्पन्न गर्न नेपथ्यसँग सहकार्य गरेर आश्रमले सांगीतिक कार्यक्रम आयोजना गरेको हो
“नेपथ्य लाइभ कन्सर्टले धेरै मानिसहरूलाई आश्रमले गरिरहेको सेवाका बारेमा जानकारी गराउने छ त्यसबाहेक हाल भाडामा सञ्चालनमा रहेको आश्रमको स्थायित्वका लागि भवन निर्माण कार्यलाई सहयोग पुग्ने लक्ष्य लिएका छन् ।
मानवसेवा आश्रमको सेवालाई अनुभूति गरी विराटनगर महानगरपालिका वडा नं. ५ मा रहेको डम्बर सत्सङ सदगुरू कविर सेवा आश्रमले मानवसेवा आश्रमको भवन निर्माणका लागि १३.५ कठ्ठा जग्गा उपलब्ध गराएको छ । सोही जग्गामा रु २० करोड लागतमा मानवसेवा
आश्रमको भवन निर्माण कार्य भइरहेको छ ।
आश्रमको भवन निर्माणसँगै व्यवस्थापकीय सेवामा जन्मदिन, विवाह वर्षगाँठ, पितृहरूको स्मृतिलगायतका पर्व एवं अन्य विशेष सेवाका लागि अक्षयकोष सञ्चालनार्थ जो कोहीले स्वेच्छिक योगदान गर्न सक्ने आश्रमले जनाएको छ ।
मानवसेवा आश्रमको कुनै एक सेवा केन्द्रमा वर्षको कुनै एक दिन नियमित हुने विहान वा दिउँसोको खाजा सेवाको आजिवन सदस्यता लिन रु ६१ हजार १११ रुपैया योगदान गर्न सकिने छ । त्यसैगरी रु एक लाख ११ हजार १११ योगदान गरी वर्षमा एक दिनको कुनै एक सेवा केन्द्रमा विहान वा बेलुकाको भोजनसेवा सौजन्य गरी आजिवन भोजनसेवा सदस्यता लिन सकिने छ यस्तै रु दुई लाख ६१ हजार १११ योगदान गरी वर्षमा कुनै एक दिनको सेवा व्यवस्थापन सौजन्य गर्न सकिनेछ यी योगदानहरू मानवसेवा आश्रमको अक्षयकोषमा जम्मा भई त्यसबाट प्राप्त हुने वाचक व्याजवाट सेवा सन्चालन गरिने छ ।
त्यसैगरी इच्छाइएको कुनै दिन या समयमा आश्रमको खाजा सेवा सौजन्य गर्नका लागि आठ हजार, एक समयको भोजनसेवाका लागि रु १५ हजार र पुरै एक दिनको सेवा सौजन्य गर्नका लागि रु ३० हजार योगदान गर्न सकिने छ
मानवसेवा आश्रमको उक्त शाखा १४ औं जिल्ला शाखाको रूपमा २०७५ भदौ १३ गतेदेखि शुरु भएको थियो । हाल विराटनगरको उक्त शाखा अन्तरगत वडा नं. १० तिनटोलियाको अरनिको स्कुलसँगै र वडा म ३ पोखरियास्थित वन कार्यालयसँगै दुई सेवा केन्द्र रहेको छ ।
तिनटोलियामा महिला र बाबुनानीहरू र पोखरियामा पुरुषहरुलाई संरक्षण गर्दै आइएको छ दुवै सेवा केन्द्रमा गरेर ४ बालक, ३ बालिका, ‍ पुरुष र ५६ महिला गरी १४८ जना आश्रित रहेका छन् ।
शाखा सञ्चालनमा आएदेखि ५५० सहयोगापेक्षी सहकनाश्रित मानवहरूको उद्धार भएकोमा २३५ को पारिवारिक मिलन, ६९ को निधन र २५ जनाको सामुदायिक पुनर्स्थापना भएको छ। कुल १२० जना परामर्श र उपचार पश्चात आफ्‌नो जीवन निर्वाह आफैले गर्ने गरी घर फर्कनुभएकाे छ ।
उक्त नेपथ्य लाइभ कन्सर्ट विराटनगरमा मङ्सिर १६ गतेबाट शुरु भइ काठमाडौंमा पुस १६ गते समापन हुने छ ।
मसिर १९ गते वीरगन्जको आदर्शनगर रङ्गशाला, २२ गते हेटौडाको भुटनदेवी स्कूल चौर, २५ गते भरतपुरको क्याम्पाचौर, २९ गते नेपालगञ्जको रङ्गशालामा कार्यक्रम गरिने आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो यस्तै पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ (रामनगर) मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्र र अन्तिम कार्यक्रमको रुपमा अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ को दिन पौष १६ गते काठमाडौंको भृकुटीमण्डपमा हुनेछ ।
कार्यक्रमको टिकट मानवसेवा आश्रमको विराटनगर १० तिनटोलियामा रहेको सेवा केन्द्रबाट प्राप्त गर्न सकिने छ भने इसेवा वा थुप्रै डटकमको वेबसाइटबाट समेत खरिद गर्न सकिनेछ। टिकटको मूल्य रू. १,०००/- (एक हजार रूपैयाँ) रहेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]