विराटनगर, श्रावण २९ गते । विराटनगर महानगर पालिका वडा नं. १५ रानीबस्तीवाट घर जान्छु भनी हिडेकी ६९ वर्षिय एक वृद्ध महिला वेपत्ता भएपछि खोजी गरी दिन घरपरिवारका सदस्यहरुले आग्रह गर्नुका साथै खोजी गरी दिनेलाई पाँच हजार उपहार घोषणा गरेका छन् ।
मोरंगको घनपालथान गाउंपालिका वडा नं. २ ललिया घर भएकी बटरी देवी आफ्नो छोरी ज्वाई दिपक साहको घर रानी श्रावण १९ गते आएकी थिइन् । सो राती छोरी ज्वाईको घरमा बसी श्रावण २० गते कसैलाई केही नसोधी घरवाट निष्कीएको र हाल सम्म घर नपुगेको बटरी देवीको नाती कमल साहले बताए ।
बटरी देवी साहको ४ छोरा र २ छोरी रहेको छ । घरपरिवारका सदस्यहरुले जिल्ला प्रहरी कार्यालय मोरंगमा समेत जानकारी गराई सकेका छन् । आफ्ना नातेदारहरुमा समेत खोजी गर्दा समेत नभेटिएको छोरा तर्फको नाती दिपनारायण विश्वासले बताए ।
कहीकतै कसैले फेला पारेमा नजिकको प्रहरी चौकीमा खबर गरी दिन वा मोरंगको धनपालथान गाउंपालिका कर्सियामा खबर गरी दिनु हुन समेत आग्रह गरेका छन् ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]