विराटनगर, कार्तिक २७ गते । नागरिक समाज नेपालले संस्थागत लोकतन्त्र, संघियता र शुसाशनका लागि विराटनगरको महेन्द्र चौकमा शनिवार नागरिक खबरदारी कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त खबरदारी सभाका प्रमुख अतिथी बृहत मधेश नागरिक समाजका अध्यक्ष सुर्यनाथ प्रसाद सिंहले भने मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनमा इमान्दार नागरिक प्रति वफादार र नागरिक समाजले उठाएका मुद्दाहरु सम्बोधन गर्ने उम्मेदवारलाई मतदान गरी विजय गराउन आम मतदातासंग आग्रह गरेका थिए ।
नागरिक समाज नेपालले ८ बुद्धे माग राखी मधेश प्रदेश र प्रदेश नं. १ का जिल्ला तथा निर्वाचन क्षेत्रहरुमा नागरिक खवरदारी कार्यक्रमको आयोजना गर्दे आएका छन् ।
सो खवरदारी कार्यक्रम नागरिक समाज नेपालका संयोजक कुमार कमलेन्द्रम्को सभापतित्वमा सम्पन्न भएको थियो ।
नागरिक समाजका मागहरु ः
१. सेना विघटन गर । समानुपातिक राष्ट्रिय सुरक्षा बल गठन गर ।
२. शक्ति पृथकीकरणको सिद्धान्त अवलम्बन गर ।
३. विकास र समृद्धिको मूल फुटाउने संवाहकलाई चुनौं ।
४ एउटै व्यक्ति २ वटा कार्यकारी पदमा र दुई कार्यकाल भन्दा बढी नबसौं ।
५. पोषयुक्त खाना, शुद्ध खानेपानी हरेक नागरिकको अधिकार ।
६. राज्यका विभिन्न निकायमा हुने राजनैतिक भर्ति बन्द गर ।
७ शिक्षा,, स्वास्थ्यमा नीजिकरण, व्यापारीकरण बन्द गर । ८. इन्कलाप जिन्दावाद ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]