विराटनगर, कार्तिक २४ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) यतिबेला आफ्ना विशिष्ठ कार्ययोजनाका साथ निर्वाचनको तयारीमा जुटेका छन् ।
मङ्सिर ४ गते हुन गइरहेको आम चुनावमा वहुमत ल्याएर अध्यक्ष केपी ओलीको नेतृत्वमा एकल सरकार बनाउने अभिष्ट प्राप्तिको अभियानमा सरिक हुँदै एमाले जन यतिखेर मतदाता सामु पुगेका छन् । जनतासँको जम्काभेटमा केही आक्रोस र केही निराशा व्यक्त भएको पाइए पनि समग्रमा एमालेप्रतिको विश्वास र भरोसाले उत्साहित भएको अवस्था विद्यमान छ ।
सोही उत्साहको धरातलमा टेकेर एमालेले जनताको विश्वास जित्दै आफ्नै नेतृत्वको सरकार मार्फत विगतका अधुरा कामहरू सम्पन्न गर्ने र देश निर्माणको भावी कार्यभार पूरा गर्ने योजना बनाएको छ ।
पार्टीले अघिसारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा साकार बनाउने ध्येयका साथ देशव्यापी चुनावी प्रचार अभियानमा सक्रिय एमालेका उम्मेदवारहरूलाई जनताले एकपटक कम्तीमा सुविधा जनक वहुमतको सरकार निर्माण गर्न सहयोग पु¥याउने बचन दिएका छन् ।
त्यसैले एमालेको सरकार गठन हुँदा जनताका पक्षमा गरिने २० मूलभूत विषयहरूलाई प्रमुखताका रुपमा पार्टीले अघिसारेको छ । ती विषयहरु एकदमै व्यवहारिक, वस्तुपरक र समसामयिक र दूरगामी महत्वका समेत रहेका छन् । ती विषयहरूलाई व्यवहारमा अक्षरसः लागू गर्ने प्रत्याभूतिका साथ जनतालाई आस्वस्थ बनाउने काम यतिबेला एमालेले गरिरहेको छ ।
एमालेले भनेको छ–समृद्धिका लागि नीतिगत र सरचंनागत सुधार गर्ने समृद्धिको अभियानमा बाधक रहेका नीतिहरूमा सुधार गरिनेछ । अति राजनीतिकरणका कारण असक्षम बनेका राज्यका विभिन्न संस्थाहरूलाई पुनर्संरचना गरी सक्षम र व्यावसायिक बनाइने उद्घोष एमालेले गरेको छ । नागरिक प्रशासनलाई सक्षम, व्यावसायिक र जनताप्रति उत्तरदायी बनाउने उसको दृढ अठोट छ । राज्यका निकायहरूबिच अन्तर्निकाय समन्वयको प्रभावकारी व्यवस्था गरिने जनाएको छ । कार्यसम्पादनको सुनिश्चितताका लागि प्रभावकारी अनुगमनको संरचना निर्माण गर्ने एमालेको अठोट छ ।
राष्ट्रहित र नागरिकहितलाई सर्वोपरि राखी राज्य सञ्चालन गर्ने काम राष्ट्रिय गौरव बढाउन र सबैनागरिकको सम्मानजनक जीवनस्तर हासिल गर्ने कार्यक्रममा केन्द्रित गर्ने कुराको एमालेले प्रत्याभूत गर्न खोजेको छ । सरकार गठन भएको एक महिनाभित्र नेपाली नागरिकका सन्तानले नागरिकता नपाउने अवस्था अन्त्य गर्ने र छ महिनाभित्र नागरिकतासम्बन्धी समस्या हल गर्ने एमालेको दृढ अठोट जनतासमक्ष पु¥याउने काम भइरहेको छ । सरकार बनेको एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिने एमालेको अठोट छ ।
‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’को नीति कार्यान्वयन गर्न कृषि उत्पादन वुद्धि र आपूर्तिमा व्यापक सुधार गर्ने एमालेको प्राथमिकतामा परेको कार्ययोजना छ । देशका सबै पालिकामा खाद्य भण्डार र प्रदेशमा खाद्य गुणस्तर मापन तथा निर्धारण प्रयोगशाला स्थापना खाद्यको सहज प्राप्यता तथा गुणस्तरीयतामा एमाले सरकार संवेदनशील हुने बताएको छ । आम उपभोक्ताको खानपिनका बानीमा परिवर्तन गरी स्वस्थ र सन्तुलित खानाको अवधारणा व्यापक बनाउने उसको कार्ययोजना रहेको छ । एमालेले कामका लागि खाद्यान्न तथा नगद कार्यक्रमबाट प्रतिवर्ष एकलाख परिवारलाई खाद्यसुरक्षा दिइने नीतिलाई कार्यान्वयनको प्राथमिकतामा प्राथमिकतामा पारेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट प्रतिवर्ष तीनलाख परिवारलाई आय आर्जनमार्फत् खाद्यसुरक्षा प्रदान गर्ने कुराको प्रत्याभूत एमालेले गर्ने भएको छ ।
स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने, स्वदेशी कच्चापदार्थमा आधारित र आयात प्रतिस्थापन गर्ने प्रकृतिका उपभोग्य वस्तुहरूको उत्पादनमा जोड दिनेछ । स्वदेशमा उत्पादन हुने खाद्यवस्तु जस्तै औषधि तथा सिमेन्टजस्ता वस्तुहरूको उपयोगमा प्रोत्साहित गर्ने गरी सहकारी तथा निजी क्षेत्रलाई कर, विद्युत महसलु तथा ऋणमा उपयक्त व्याज अनुदान दिने व्यवस्थाको ग्यारेन्ट गर्न चाहेको देखिन्छ । भन्सार नियमनका माध्यमबाट समेत स्वदेशी उद्योग र उत्पादनलाई संरक्षण गर्ने नीति एमालेले लिएको छ ।
एमाले नेतृत्वको सरकार बनेपछि आवासविहीनलाई सुरक्षिुत आवास र मर्यादित जीवन उपलब्ध गराउने कुनै पनि नेपाली नागरिक आवासविहीन वा सडक मानवका अवस्थामा रहनु नपर्ने प्रत्याभूत गर्न चाहेको छ । जनता आवास तथा सुरक्षित आवासका माध्यमबाट आवासको अधिकारलाई सनिश्चित गर्न चाहेको छ । असुरक्षित वस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने भएको छ । चुनावपछि बन्ने एमालेको सरकारले सञ्चयकोषका सञ्चयकर्ता तथा नागरिक लगानी कोषका बचतकर्तालाई ती कोषका लगानीमा आवास सविुधा उपलब्ध गराउने भएको छ ।
सबैका लागि काम र नियमित कमाइको सुनिश्चितता गर्ने कुरालाई एमाले सरकारले प्राथमिकताका साथ कार्यान्वयनमा ल्याउने अठोट गरिएको छ । रोजगारी र सामाजिक सुरक्षाको प्रबन्धबाट सबैका लागि काम र नियमित कमाइको सुनिश्चिताता गर्ने एमालेको पूर्व घोषणा छ । रोजगारी सिर्जना हुने क्षेत्रमा राज्यको लगानी बढाइने योजना छ । रोजगारी र उद्यमशीलता उन्मुख स्वरोजगारीका लागि सीप, पूँजी र व्यावसायिक तालिम सरकारले दिनेछ । सुरुवाती व्यवसाय गर्न चाहिने बिउपूँजीको व्यवस्थापन पनि सरकारले नै गर्नेछ । सहुलियतपूर्ण व्याजदरमा ऋण उपलब्ध गराइने योजना छ । कामदार वा श्रमिकको न्यूनतम ज्याला सुनिश्चित गर्दै त्यसलाई समयसापेक्ष वृद्धि गर्ने योजना पनि बनाइएको छ । एमालेको सरकार बनेपछि हरेक वर्ष रोजगारी र स्वरोजगारी गरी वार्षिक ५ लाख रोजगारी सिर्जना गरिने भएको छ ।
पूर्ण साक्षर देश र उद्यमशील शिक्षित युवा’को नीति कार्यान्वयन गर्ने एमालेको पूर्वयोजना रहेको छ । आगामी दुर्र्ई वर्षमा देशलाई पूर्ण साक्षर बनाइने छ । सबै पालिकामा कम्तीमा दुईवटा प्राविधिक धारका विद्यालय सञ्चालन गरिने छ । उच्चशिक्षाका निम्ति विदेश जानुपर्ने बाध्यकारी अवस्थाको अन्त्य गरिने छ । देशका सरकारी अनदुानबाट पोषण गरिएका विद्यालय, महाविद्यालय र विश्वविद्यालयलाई रोजगारीकेन्द्रित बनाउने एमालेको केन्द्रीय स्तरकै प्रतिवद्धता रहेको छ ।
एमालेले सरकार बनाएपछि ‘निरोगी नेपाल, सबल नागरिक’को नीति अघि बढाएर सबै नागरिकलाई निरोगी रहनेउपाय अवलम्बन गर्न सचते गराइने छ । सबै पालिकामा आधारभूत स्वास्थ्य सुविधा पु¥याइने उसको अठोट छ । त्यस सरकारले ६० वर्षभन्दा माथिका नागरिकका लागि उच्च रक्तचाप र मधुमेह रोगको निःशुल्क परीक्षण तथा औषधि उपलब्ध गराइने छ । प्रभावकारी स्वास्थ्य बिमा कार्यक्रममार्फत् नागरिकका स्वास्थोपचार सहज बनाइने एमालेको प्रतिवद्धता छ । सबै पालिकामा आधारभूत अस्पताल र प्रदेशहरूमा विशिष्टीकृत अस्पतालको व्यवस्था गरिने छ । महिला र बालबाकिाको स्वास्थ्य रक्षाको कार्यक्रम ल्याई प्रभावकारी कार्यान्वयन गराइने छ ।
एमालेले आम नागरिका लागि स्वच्छ पानी, सफा वातावरण’को सुनिश्चितालाई प्राथमिकतामा राखेर काम गर्ने भएको छ । देशका सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निःशुल्क वितरण गर्ने योजना एमालेले बनाएको छ ।
‘सबैलाई बिजुली बत्ती, विद्युतबाटै देशको उन्नति’ गर्ने नीति एमाले सरकारले अबलम्बन गर्ने छ । दुई वर्षमा बत प्रतिशत जनसङ्ख्यामा विद्युतको पहँुच पु¥याइने एमालेको नीति रहने छ । सबै परिवारलाई ग्राहस्थ उपभोगका निम्ति वर्षायाममा मासिक ५० यनिट र हिउँद याममा मासिक ३० यनिट विद्युत निःशुल्क उपलब्ध गराइनेछ । पनन्चवर्षमा विद्युत उत्पादन क्षमता ६५०० मेगावाट र प्रतिव्यक्ति विद्युत खपत ७०० किलोवाट प्रतिघण्टा पु¥याइनेछ ।
‘खेत बारीमा पानी, दोब्बर हुन्छ उब्जनी’को मान्यतामा अघि बढाउने आगामी तीन वर्षमा सतह तथा भूमिगत सिँचाइबाट तराई–मधेसको थप तीनलाख हेक्टर जमिन सिञ्चित गरिने छ । सिँचाइलाई वर्षायामको बिजुली महसुलमा महसलमा ५० प्रतिशत र हिउँदयामको बिजुलीमा २५ प्रतिशत छुट दिइनेछ ।
सडक पूर्वाधार र सुलभ सार्वजनिक यातायातको सुनिश्चितता गर्ने र हरेक जिल्ला सदरमकामलाई रणनीतिक सडक सञ्जालमा जोडिने छ । निर्माणाधीन राष्ट्रिय राजमार्ग र रणनीतिक सडकहरू ५ वर्षभित्र सम्पन्न गरिने छ ।
‘व्यवस्थित सहरः स्वच्छ र हरियाली बस्ती’को अबधारणा कार्यान्वयन एमालेको अएको राष्ट्रिय प्रतिवद्धता हो । प्रमखु सहरको सौन्दर्यका लागि विद्युत लाईन, टेलिफोन लाईन, खानेपानीका पाइप आदि सुव्यवस्थापनमा पनि एमाले सरकारले विशेष ध्यान दिने छ ।
‘सरल, सहज सार्वजनिक सेवा’को प्रबन्ध गर्ने सङ्कल्प छ । आगामी दुई वर्षभित्रमा स्थानीय तहका सबै प्रशासकीय भवनको निर्माण सम्पन्न गरिने छ । डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गरी सरकारी सेवा अनलाईन प्रणालीद्वारा उपलब्ध गराइने छ । समाजका विविध पक्षहरूमा अन्तर्निहित सामाजिक सुरक्षाको दायरा र सुविधा विस्तार गर्ने एमालेको गर्विलो योजना छ । गर्भावस्थामा पोषण र स्वास्थ्य परीक्षण, बाल्यावस्थामा बालसं रक्षण अनदुान, विद्यालय उमेरमा निःशुल्क शिक्षा र दिवा खाजा, वयस्क उमेरमा कामको ग्यारेन्टी एमालेले गर्नेछ । ज्येष्ठ नागरिक, दलित, एकल महिला, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख्मु जाति तथा लक्षित वर्ग र क्षेत्रका बालबालिका गरी पाँच वर्षमा ६० लाखले सामाजिक सुरक्षा भत्ता पाउने छन् ।
‘स्वस्थ महिनावारी, सुरक्षित मातृत्व’को नीति कार्यान्वयन गर्ने सुरक्षित महिनावारी कार्यक्रमका लागि महिनावारी हुने उमेर समूहका देशभित्रका सम्पूर्ण महिलाका लागि गुणस्तरीय स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिदका निम्ति वार्षिक रु १ हजार ५ सय उपलब्ध गराइने एमालेको नीति रहनेछ ।
सस्तो, सहज र भरपर्दो सञ्चार सुविधाको प्रबन्ध गर्ने एमालेको नीति रहने छ । सबैका लागि सूचना तथा सञ्चार सुविधा सस्तो, सहज र भरपर्दो बनाइने छ ।
अब बन्ने एमाले नेतृत्वको सरकारले ‘सभ्य समाजः मर्यादित नागरिक’को नीति कार्यान्वयन गर्ने छ । बालबालिकामाथिको दुव्र्यवहार महिला हिंसा, मानव बेचबिखन, बलात्कार, घरायसी लेनदेनमा मिटर ब्याजी शोषण, बँधुवा श्रम, छुवाछूत, गुण्डागर्दी, लागुऔषध दुव्यर्सनी जस्ता सामाजिक अपराधजन्य घटना निरुत्साहनका लागि एमालेको सरकारको विशेष भूमिका हुनेछ ।
मङ्सिर ४ गतेपछि बन्ने एमाले नेतृत्वको सरकारले प्रतिव्यक्ति आय दोब्बर गर्नेछ । कृषिको व्यवसायीकरण गरिने छ । साना, मझौला तथा ठूला उद्योगको विस्तारबाट राष्ट्रिय आयमा उल्लेख्य वृद्धि गरिने छ । पर्यटनमा आधारित सेवा क्षेत्रको विस्तार गरिने छ । नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या ५ वर्षभित्र वार्षिक २५ लाख पु¥याइनेछ ।
उपयुक्र्त रचनात्मक कार्ययोजनाका साथ चुनावी प्रचार अभियानमा जुटेको नेकपा (एमाले) प्रति आम नागरिक सकारात्मक पाइएको छ । एमालेको चुनावी प्रचार अभियान्ताहरू जनताको स्नेहपूर्ण व्यवहारका कारण उत्साहित बन्दै गएको देखिएको छ । यस पटकको निर्वाचनमा एमाले नेतृत्वको सरकार बनाउन दिएको विश्वास र भरोसालाई सम्वोधन गर्ने सवालमा पार्टी सचेत रहनुपर्ने सुझाव प्रचार अभियान्ताहरूको रहेको देखिन्छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]