विराटनगर, कार्तिक २४ गते । मोरंग क्षेत्र नं. ५ वाट प्रतिनिधीसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार जीवन विकास समाजका संस्थापक अध्यक्ष जोगी मण्डल (जोगी सर) ले चुनावी अभियानलाई तिब्र बनाएका छन् ।
जोगी मण्डलले आफ्ना साथी भाई, इष्टमित्र, शुभचिन्तकहरुको साथ लिएर आममतदातको घर दैलोमा पुगरे आफूले पाएको चुनाव चिन्ह ट्युवेल (कल) मा मतदान गरी विजय गराउन आग्रह गर्दै कोणसभा र समूह भेलालाई अन्तरक्रिया रुपमा आफ्नो पनि कुरा राख्ने र आम मतदाताहरुको समस्यालाई संकलन गर्दै प्रचार प्रसारलाई तिब्र वनाएको हो ।


जहदा गाउँपालिकाको वडा नं. २ हाथीवन्धामा कोण सभालाई स्वतन्त्र उम्मेदवार जोगी मण्डलले सम्वोधन गर्दे भने मोरंक्ष क्षेत्र नं. ५ बाट धेरै नेताहरु जितेर गए तर यस क्षेत्रको कसैले पनि विकास गरेन, यस क्षेत्रको समस्या कसैले बुझेन, यस क्षेत्रमा अनेकौ सम्भावनाहरु भएता पनि यस क्षेत्रलाई पछाडी पार्ने काम मात्र गरे तर म यस क्षेत्रमा २५ वर्ष देखि समाजिक अभियन्ताको रुपमा काम गरेको छु समाज विकासमा केही योगदान गरेको छ, यूवाहरुलाई स्वरोजगार बनाएको छु, सुकुम्वबासी समास्या समाधान र गरीबी निवारणको निम्ती काम गर्दे आएको छु तर केही यस्ता समस्याहरु यस्ता छन् जसको लागि राजनीतिमा नगई नहुने भएकोले मैले स्वतन्त्र उम्मेदवार भएर आएको छु ।
त्यसैले तपाई आममतदाताहरु मेरो चुनाव चिन्ह ट्युवेल (कल) मा मतदात गरी बहुमतले विजय गराउनु होस । क्षेत्र नं. ५ मा विकास र समृद्धिको लहर ल्याउने मेरो काम भन्दै प्रतिवद्धता जनाउदै गरेका छन् ।
२५ वर्ष देखि सामाजिक अभियन्ताको रुपमा काम गर्दै आएका जोगी मण्डललाई स्वतन्त्र उम्मेदवारको रुपमा आफ्ना घर आगनमा आएको देखेर खुशीले गदगद हुदै जहदा गाउँपाकिा वडा नं. २ का मतदाता नागेश्वर गुरुङ्गले भने पार्टीका उम्मेदवारहरु सत्ताका लागि कुर्सीमा पुग्नका लागि गठवन्धन गरेका छन् । हामीलाई त समाजमा सहयोग गर्ने उम्मेदवार चाहिएकोले स्वतन्त्र उम्मेदवार जोगी मण्डललाई जिताउन अभियान नै गाउँगाउँमा अभियान नै चालेको वताए ।


अर्का मतदाता सोही वडाका बालक दास ऋषिदेवले भने हामीले भोट हालेर जितेको उम्मेदवार मुख पनि हेराउँन आउँदैन तर जोगी सर त पहिले देखि नै समाज उत्थानको अनेकौ भूमिकामा हाम्रै माझमा छ । चुनाव जितेर गएपनि हाम्रै माझमा रही यस क्षेत्रको विकास र समृद्धिमा लागि पर्ने विश्वासका साथ आममतदाता जोगि सरलाई विजय गराउन उत्साहित भएको वताए ।
क्षेत्र नं. ५ मा प्रतिनिधीसभा तर्फ सत्तारुढ गठवन्धनवाट नेकपा माओवादी केन्द्रका शिव कुमार मण्डाल, नेकपा एमालेको सहकार्यमा जनता समाजवादी पार्टीका राज कुमार यादव उम्मेदवार रहेका छन् ।
त्यसैगरी मोरंग क्षेत्र नं. ५ मा प्रतिनीधि सभा तर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीवाट रेवत वहादुर थापा, जनमत पार्टीवाट परमेश्वर मुर्मु, संघिय लोकतान्त्रिक राष्ट्र मञ्चबाट मंगल ऋषिदेव, नेपाल लोकतान्त्रिक पार्टीबाट मजमुल रहमान मियाँ मुस्लिम र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रमोद कुमार मण्डलले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी स्वतन्त्र तर्फ फिरोज साह, रमेश कुमार यादव, विधाभूषण प्रसाद, मोहमद रेजा हुसैन, संञ्जु शर्मा बढई, गयानन्द मण्डल केवरत, राम प्रसाद मुखिया, मनोज कुमार मण्डल रहेका छन् ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]