चन्दन रौनियार
दुहबी, श्रावण २८ गते । सुनसरीको दुहवी नगरपालिकामा आज ४ जना कोरोना संक्रमित थपिएसंगै संक्रमितको संख्या २० पुगेको छ ।
दुहवी नगरपालिकाका विभिन्न वडारुमा संक्रमण फैलिएको छ । आज संक्रमण पुष्टि भएकाहरूमा दुहवी नगरपालिका वडा नं. ६ का ६७ वर्षिय महिला, वडा नं. १० का ४२ वर्षिय पुरुष रहेका छन ।
त्यसैगरी दंगागण दुहवीका ३५ वर्षिय पुरुष र ३२ वर्षिय पुरुष रहेको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख विन्देशर प्रसाद महतोले जानकारी गराएका छन् ।
दुहवी नगरपालिकाले साउन २४ गते विभिन्न उद्योगहरुका २ दुई १८ मजदुरहरुको स्वाब संकलन गरिएको मध्ये आज १ सय ९७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]