विराटनगर, कार्तिक १४ गते । मोरङको निर्वाचन क्षेत्र नम्बर ६(२¬) मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका पर्शुराम बस्नेत (कृष्ण) ले जनचहाना एवम् जनभावना विपरीका कुनै पनि काम नगर्ने प्रतिवद्धता जनाएको छ ।
एक कार्यक्रममा बुद्धिजीवी र पेसाकर्मीले दिएको सुझावलाई आत्मासात गर्दै बस्नेतले सो प्रतिवद्धता जनाउँदै बस्नेतले भने ‘म नेता हैन, सेवक हुँ । म सधैँ जनताकै साथमा छु,’ उनले भने, ‘उम्मेदवार बनेर जनताका बीचमा जाँदा धेरै सम्मान र माया पाएको छु । चुनाव जितेर गएपछि पनि जनमतको अपमान हुन दिने छैन ।’ वहांको भनाई थियो ।
चुनावी अभियानमा मतदातालाई भेट्ने क्रममा हिजो जितेर गएकाहरु फर्किएर एकपटक पनि नआएको र नमस्ते गर्दासमेत नफर्काउने स्वभाव रहेको भनेर जनगुनासो धेरै सुन्नु परेको बस्नेतले बताए । ‘हिजो चुनाव जितेर गएकाहरुप्रति जनआक्रोस बढ्दो छ । त्यसरी जनतालाई गुनासो गर्ने ठाउँ राख्न दिन हुँदैन,’ उनले भने, ‘जनगुनासोले राजनीतिक दल र व्यवस्थामाथि नै प्रहार हुने हो । म सधैँ जनतालाई खुसी राख्ने प्रतिवद्धता जनाउँछु ।’
उम्मेदवार भएर जनताका बीचमा जाँदा मिलेको सम्मानलाई सधैँ कायय राख्ने उनले बताए ।
‘हामीले दसैं, तिहार, छठ लगायत यसवर्षका ठूला चाडपर्वलाई बिदाई गरिसक्यौं । राजनीति कर्मीको महान चाड मंसिर ४ गते आउँदै छ,’ बस्नेतले भने, ‘त्यसलाई परिणाममुखी बनाउनु छ । जनतामा एमाले र एमालेका उम्मेदवार प्रतिको प्रभाव एवं आकर्षण बढेर गएको छ ।’
‘समृद्ध नेपाल र सुखी नेपाली’को जनआकांक्षा एमाले नेतृत्वको सरकारबाट मात्रै पूरा हुने बस्नेतको भनाइ छ । त्यसका लागि आगामी मंसिर ४ गतेको निर्वाचनपछि केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्नुपर्ने उनले बताए । चुनाव जित्न बौद्धिक वर्गको उत्साह आवश्यक पर्ने उनको भनाइ छ ।
मोरङ क्षेत्र नम्बर ६ मा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका पार्टी स्थायी कमिटी सदस्य लालबाबु पण्डित नेपाली राजनीतिमा निष्कलंक नेता भएको बस्नेतले बताए । ‘मैले धेरै नेता र राजनीतिकर्मीसँग संगत गरेको छु । निष्कलंक र स्वच्छ छवि भएको नेता लालबाबुलाई पाएँ,’ उनले भने, ‘यसअघि निर्वाचित भएपछि आफ्ना क्षेत्रमा उहाँले धेरै विकास गर्नु भएको छ । तर कांग्रेस नेता शेखर कोइरालाले भने आफ्नो क्षेत्रका लागि केही पनि गरेको देखिएन ।’
चुनाव जितेर मन्त्री भएपछि लालबाबुले गरेका काम र दिएका योगदानलाई जनतासम्म पुर्याउनुपर्नेमा उनको जोड छ । बस्नेतले शेखरप्रति जनतामा आकर्षण नै नभएको पनि बताए ।
‘जनता र समुदायमा लालबाबुको भिन्दै एवं गहिरो र सकारात्मक छाप छ । कुनै पनि विवादमा नपरेको नेता हो लालबाबु,’ उनले भने, ‘त्यही कारण उहाँलाई जनताबाट सधैँ सम्मान मिल्छ । लालबाबु जतिको खुबी शेखरमा छैन ।’ शेखरप्रति लक्षित गर्दै बस्नेतले भविष्य सकिएका मान्छेका पछि नलागिकन आगामी चुनावमा लालबाबुलाई जिताउन सबैमा आग्रह गरेका छन् ।
मुलुकले नहार्नका लागि एमालेले बहुमत ल्याउन आवश्यक रहेको उनको भनाइ छ । ‘मुलुक बचाउनका लागि एमालेले जित्नै पर्छ । एमालेको नेतृत्व बिना विकास र समृद्धि सम्भव छैन,’ उनले भने, ‘अहिले एमालेले हार्दा सिंगो देशले हार्छ । यो कुरा सबैले बुझ्न जरुरी छ ।’
एमालेले सबै क्षेत्रलाई मिलाएर उम्मेदवार उठाएको बस्नेतको भनाइ छ । मधेसी, आदिवासी जनजाति, महिलादेखि लिएर सबै क्षेत्रलाई समेटेर एमालेले उम्मेदवार उठाएको उनले बताए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]