मुकेश कुमार यादव
विराटनगर, श्रावण २८ गते । एशियाकै दोस्रो ठूलो रथ यात्राको रुपमा मनाउँदै आएको राधाकृष्ण रथ यात्रा यसपालि पुन ः खटयात्रामै बजार परिक्रमा गरिएको छ
प्रदेश नंं. १ को राजधानी विराटनगरमा हरेक वर्ष भव्यताका साथ मनाइने गरिएको राधाकृष्ण रथयात्राको ५२ औं वर्षपछि कोरोना संक्रमणको कारणले थोरै संख्यामा भक्त जन भेला भई चारपाग्रे गाडीमा खट राखेर यात्रा गरेका छन् ।
२०२५ सालदेखि खटयात्रालाई व्यवस्थित र भब्यता प्रदान गर्दै रथयात्राको रुपमा नगर परिक्रमा गर्ने परम्परा बसालिएकोमा थियो ।
बिक्रम सम्बत १९८८ सालदेखि श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट खटयात्राको रुपमा राधाकृष्णको मुर्तिलाई नगर परिक्रममा गराउने प्रचलन विराटनरमा आरम्भ भएको थियो । खटयात्राको इतिहास अनुसार ९० औं सृङ्खलामा सिमित भक्तजनहरुको वीचमा यात्रा सम्पन्न भएको छ ।
लाखौ भक्तजनको सहभागीतामा हुने रथयात्रामा यसपालिका खट यात्रामा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली आयोजक समितिका संयोजक बाबुराजा ओझा लगायतको सिमित भक्तजनको उपस्थितिमा खटयात्रा समापन भएको आयोजकले वताए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]