बिराटनगर, असोज ९ गते । १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रमा संचालित भिड नियन्त्रण तालिमको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले अवलोकन गरी प्रशिक्षार्थीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ ।
प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुहुँदै प्रहरी नायव महानिरीक्षक गिरीले तालिममा सिकेका सिप र ज्ञानलाई कार्यक्षेत्रमा अक्षरस पालना गर्न र भिड नियन्त्रणको समयमा मानव अधिकारको सम्मान र संरक्षण गर्दै शान्ति सुरक्षा कार्यमा खटिन समेत निर्देशन दिनु भएको हो ।
तालिमरत प्रशिक्षार्थीहरुले भिड नियन्त्रण सम्बन्धी डेमोहरु कौशलता पुर्वक प्रदर्शन गरेका थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]