विराटनगर, असोज ८ गते । राजवंशी समाज विकास समिति मोरंगले जिल्ला अधिवेशन गरी नयाँ नेतृत्व चयन गरका छन् ।
शुक्रवार विराटनगरमा भएको जिल्ला अधिवेशनले २१ सदस्य नयाँ नेतृत्व चयन गरेपछि शनिवार पत्रकार महासंघको सभाहलमा पत्रकार सम्मेलन गरी सोका जानकारी दिदै केन्द्रिय महासचिव राजकुमार राजवंशीले नयाँ नेतृत्वलाई टिका लगाई प्रमाणपत्र प्रदान गरेका थिए ।
मोरंग जिल्ला अधिवेशनवाट रमेश कृुमार राजवंशीको अध्यक्षतामा २१ सदस्य कार्य समिति गठन गरेको जानकारी गराए । समितिको उपाध्यक्षमा मिथिलेश कुमार राजवंशी, विरेन्द्र कुमार राजवंशी, मान बहादुर राजवंशी र श्रीमति आशो देवी राजवंशी चयन भएका छन् ।
त्यसैगरी सचिवमा अमृत कुमार राजवंशी, सह–सचिवमा श्यामलाल राजवंशी र कोषध्यक्षमा विजय कुमार राजवंशी चयन भएका छन् ।
त्यसैगरी सदस्यहरमा क्रमश राजेश राजवंशी, पुर्णिमा कुमारी राजवंशी, प्रलाद राजवंशी, कन्हैयालाल राजवंशी, माधव प्रसाद राजवंशी, वनिलाल राजवंशी, कमल राजवंशी, अनिल राजवंशी र श्रीमति शान्ति देवी राजवंशी चयन भएका छन । वांकी चार जना सदस्य मनोनीत गर्न वांकी रहेको अध्यक्ष रमेश कुमार राजवंशीले वताए ।
जिल्ला अधिवेशनवाट निर्वाचित पदाधिकारीहरुलाई बधाई दिदै अगामी दिनमा कोच राजवंशी जातिको उत्थान तथा विकासको लागि एकता वद्ध भई अगाडी वढ्न केन्द्रिय महासचिव राजकुमार राजवंशीले आग्रह गरेका थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]