विराटनगर, असोज ५ गते । दोस्रो पटक समेत बहमतले संसदसभाबाट पारित नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गर्दै राजीनामाको माग गरेको छ ।


उक्त कदमप्रति जनता समाजवादी पार्टी नेपालले विरोध गर्दै विराटनगर नगर समितिले बीच बजारमा रहेको पंचमुखी हनुमान मन्दिर अगाडी राष्ट्रिपतिको चर्को विरोध गरेको हो ।


राष्ट्रिपतिको पुतला दहन गरी रहेकोमा प्रहरीले पानीहाले आगो निभएका थिए । राष्ट्रिपतिले राजीनामा नदिए अझ कडा आन्दोलन गर्ने र मंसिर ४ गते हुने निर्वाचनमा भाग समेत नलिने चेतावनी नेताहरुले चेतावनी दिएका छन् ।


सो विराध कार्यक्रमलाई सम्बोधन गर्दे जनता समाजवादी पार्टी जिल्ला अध्यक्ष राजकुमार यादवले राष्ट्रपतिले वहुमतवाट पारीत नागरिकता विधेयकलाई प्रमाणि करण नगर्नु भनेको नेपाली जनताको राष्ट्रपति नभएर एमाले पार्टीको राष्टपति भएको भन्दै विरोध गरेका थिए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]