विराटनगर, भदौं ७ गते । सहमती बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्रगति विनायक टोल विराटनगर–८ को आयोजनामा सोही ठाउँको गणेश प्रगति सेवा समाजको सभाहलमा दुई दिने आधारभूत सहकारी शिक्षा तथा लेखा तालिम शूरु भएको छ ।
उक्त तालिममा चारवटा बचत तथा ऋण सहकारी संस्थाका ४० जना सहभागी रहेको तालममा प्रदेश १ सहकारी रजिष्टार कार्यालय विराटनगरका अधिकृत नरेन्द्र पराजुली र एकनाथ दाहाले सहजी करण गरेको हो ।

सो तालिममा सहकारीको अर्थ र अवधारणको जानकारी गराउँदै शहकारी संस्था समुदायमा आधारीत भएकाकाले बढी मुनाफ कमाउने लोभ गर्नु हुँदैन समाजको आवश्यकता अनुसार बचत र ऋण लगाउनु पर्ने, शहकारीको हिसाव किताव चुस्त दुरुस्त राख्नु पर्ने, सहकारीको रेखदेख सम्पुर्ण सदस्यले गर्नु पर्ने, कार्ययोजना र नीति वनाउनु पर्ने, बचत गर्दा कति व्याज दिने, ऋण लगानी गर्दा कति व्याज लिने र सहकारी व्यवसायीको विशेषता वारे सहजीकरण गरेका थिए ।
तालिमको सह–आयोजकको रुपमा अत्री बचत तथा ऋण सहकारी संस्था लि. विराटनगर, महिला क्षमता सहकारी संस्था लि. विराटनगर र अलका बचत तथा ऋण सहकारी संस्था लि. रहका छन् ।
सहमती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्र कुमार थापाको अध्यक्षमा शूरु भएको तालिम भोलि सम्मन्न हुनेछ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]