विराटनगर, श्रावन २३ गते । प्रदेश नं. १ को मोरंग जिल्लाको पुरानो सदरमुकार हालको रंगेली नगरपालिकामा २९ जना कोरोना संत्रमित देखिएकोमा वडा नं. ७ मा मात्रै २३ जना संक्रमित देखिएको छ ।
सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार रंगेलीमा ७ मा १७ पुरुष र ६ महिलामा संक्रमण देखिएको छ ।
त्यसैगरी रंगेली वडा नं. ६ ३ जना र वडा नं. २ मा २ जना पुरुष र वडा नं. ५ को १ जना पुरुषमा संक्रमण देखिएको छ ।
त्यसैगरी विराटनगर महानगर पालिकामा आज पुष्टि भएका ३२ संक्रमितमध्ये विराटनगर २ नम्बर वडाका सबैभन्दा धेरै रहेको पाइएको छ ।
संक्रमितमध्ये विराटनगर वडा नं. २ का ५ जना छन् । यसैगरी विराटनगर स्थित न्यूरो हस्पिटलका थप २ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ ।
न्युरो अस्पतलामा प्रशासनतर्फका एक जना पुरूष र सरसफाइ गर्ने एक जना महिलामा कोरोना संक्रमण फेला परेको छ ।
त्यसैगरी मोरङ सहकारी अस्पतलामा १ जना पुरूषमा संक्रमण देखिएको छ । बिहीबार मोरङ सहरीमा एक जना चिकित्सकसहित ५ जना संक्रमण पुष्टि भएको थियो ।
आज स्वावको रिपोट आए अनुसार विराटनगर महानगर पालिका वडा नं. ३ को ४ जना, वडा नं. ४ को १ जना, वडा नंं. ५ को ३ जना, वडा नं. ६ को १ जना, वडा नं. ७ को १ जना, वडा नं. ९ को ४ जना, वडा नं. १० मा १ जना, वडा नं. ११ मा १ जना, वडा नं. १३ को १ जना, वडा नं. १४ को १ जना र वडा नं. १५ को १ जनामा कोरोण संक्रमण देखिएको छ ।छन् । केही संक्रमितको स्वाब संकलन गर्दा विराटनगर मात्र ठेगना उल्लेख भएकोले उनीहरुको वडा खुलेको छैन ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]