विराटनगर, श्रावण २६ गते । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश १ बाट ३६ बटै खेलमा सहभागीता जनाउने भएको छ ।
गण्डकी प्रदेशको पोखरामा अगामी असोज २८ गते देखि कर्तिक ३ गते सम्म हुने प्रतियोगितामा प्रदेश १ बाट सम्मान जनक उपस्थिति जनाउने निर्णय भएको पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् ।
नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा ७ बटै प्रदेश, ३ बटा विभागीय र एनआरएनए गरी ११ बटा टीमको सहभागीता रहने भन्दै प्रतियोगितामा जम्मा ७ हजार ७ सय ८८ खेलाडी र ३६ वटा खेल हुने प्रदेश खेलकुद विकास वोर्ड प्रदेश १ का सदस्य सचिव हंशराज बाग्लेले वताए ।
उक्त प्रतियोगितामा भाग लिन प्रदेश १ को १४ वटै जिल्लामा करीब ३५ हजार खेलाडीहरुलाई सहभागी गराई छनौट भएका खेलाडीलाई राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागीता गराउने भएको छ । प्रदेश स्तरीय प्रतियोगितामा खेलाडी र प्रशिक्षक गरी जम्ममा ५ हजार ६ सयको सहभागीता रहने भएको छ । खेल इभेन्टस ४ सय ५ वटा हुने वाग्लेले वताए ।
नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश १ बाट अफिसियल टिम, कोच र व्यवस्थापक संख्या ८८ जनाको सहभागीता रहने भएको छन् भने खेलाडीका संख्या ६ सय ९४ रहने छन् ।
प्रदेश १ वाट ३४ बटा खेलमा सहभागीता जनाउने पक्का भई सकेको छ भने दुईवाटा खेल लन टेनिस र ट्रायथेलनको लागि १४ बटै जिल्लाको खेलाडी विवरण माग गरिसकेको छ विवरण आएपछि अन्तिम टुंगो लाग्ने छ ।
प्रदेश खेलकुद विकास वोर्डले अगामी भदौ २ गते देखि ७ गते सम्म जिल्ला छनौट र जिल्लावाट छनौट भएको खेलाडीहरुलाई भदौ १० गते देखि १९ गते सम्म प्रदेश स्तरीय वृहत खेलकुद प्रतियोगिता गरीने तालिका समेत सार्वजनिक भई सकेको छ ।
प्रदेश १ को १४ बटै जिल्लामा कम्तीमा १ वटा खेल गर्ने र वांकी खेल सुनसरी, मोरंग, झापा र उदयपुर जिल्लामा गर्ने तयारी भएको छ ।
आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा ९ वटा स्वर्ण, २० वटा रजत र ५९ वटा कास्य पदक प्राप्त गरेकोमा नवौं प्रतियोगितामा सो भन्दा बढी पदक ल्याई प्रदेश १ लाई खेलकुद प्रतियोगितामा पनि १ नम्वर नै बनाउने प्रयत्न रहेको वाग्लेले वताए ।
नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश १ बाट सहभागीता हुनका लागि करीब ९ करोड १२ लाख आवश्यकता भएपनि प्रदेश सरकारले ५० लाख मात्र छुट्याएको छ भने राष्ट्रिय खेलकुद परिषदले ४९ लाख दिएको छ । अरु वांकी रकम प्रदेश सरकारले व्यवस्था गर्ने सदस्य सचिव वाग्लेको भनाई छ ।
राष्ट्रिय खेलकुद प्रतियोगिता खेलाडीहरुको लागि महाकुम्भ भएकोले पदक ल्याउने गरी खेलाडीको मनोवल र हौसला उच्च बनाउन बन्द प्रशिक्षण प्रदेश खेलकुद विकास वोर्डले दिने भएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]