विराटनगर, श्रावण १० गते । सुनसरीको इटहरीकी १९ वर्षीय नर्सिङ छात्रालाई बलात्कार गरेको आरोपमा कराँते प्रशिक्षक सहित २ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ ।
छात्राको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेका कराँते प्रशिक्षक सहित दुई जनालाई जिल्ला अदालत मोरङको आदेशले थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।
पक्राउ पर्नेमा कराँते प्रशिक्षक विनोद राउत र उनका साथी सुरज सुवेदी रहेका छन् । सुवेदी पनि कराँते प्रशिक्षक नै भएको जानकारी गराएको छ ।
विराटनगर महानगरपालिका–३ निवासी ५० वर्षीय राउत र सुवेदीले नर्सिङ पढ्दै गरेकी एक छात्रालाई होटेलमा लगेर पटक–पटक बलात्कार गरेको उजुरी आएपछि दुवैलाई थुनामा राखेर अनुसन्धान भईरहेको छ ।
सुवेदीको साथ लिएर राउतले छात्रालाई होटेलमा लगेर बलात्कार गर्ने गरेको भिडियो बनाई बनाएको त्यही भिडियो सार्वजनिक गरिदिने भन्दै धम्क्याएर आफुमाथि पटक–पटक बलात्कार गरेको पिडित नर्सिग छात्राले प्रहरीमा बयान दिएकी छिन ।
दुबैलाई थुनामा राखेर थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]